शिव महापुराण महोत्सवमा १ करोड ५ लाख नगद संकलन।

0

साउन १८ सुर्खेत।सुर्खेतको लाटीकोइलीमा रहेको ऐतिहासीक शिव मन्दिरमा भएको शिव एवं महापुराण श्रावण मेलामा १ करोड ११ लाख भन्दा बढिको आर्थिक संकलन भएको भएको छ।महोत्सवमा एक करोड पाँच लाख नगद र ६ लाख बराबरको जग्गा प्राप्त भएको आयोजकको भनार्इ छ ।शिव मन्दिरलाई धार्मिक र ऐतिहासिकतासँगै आधुनिकतालाई जोडेर धार्मिक पर्यटकिय क्षेत्र बनाउने योजना सहित मेलाको आयोजना गरिएको हो।संकलित रकमबाट मन्दिर हातामा पर्खाल लगाउने, साधुहरुको बसोबासकालागि व्यवस्थापन गर्ने र मन्दिरमा हुने दैनिक पूजा आजाबाट संकलन हुने रकम अक्षय कोषमा जम्मा गरिने आयोजकको भनार्इ छ।मेलामा गोविन्द शरण महाराज श्रावण मेलामा संकल्पकर्ता र नारायण न्यौपाने वाचकको रुपमा रहनुभएको थियो ।गत ७ गतेदेखि संचालन भएको मेलामा आयोजकले १ करोड रुपैयाँ संकलन हुने अपेक्षा गरेका थिए ।

Share.

About Author

Leave A Reply