संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगको म्याद थप।

0

माघ-१७ सुर्खेत।सरकारले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगको म्याद एक वर्ष थपेको छ।

सेको मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता व्यक्तिको छानबिन आयोगको म्याद एक वर्ष थप गरेको हो।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले आयोगको म्याद थप भएको भएको बताउनुभयो।

दुबै आयोगको म्याद आउँदो चैतमा सकिँदै थियो।

प्रवक्ता बास्कोटाका अनुसार मन्त्रिपरिषद् बैठकले विश्वविद्यालय अनुदान आयोगको रिक्त सदस्य पदमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटा र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. रामकण्ठ मकाजुलाई मनोनयन गरेको छ।

त्यस्तै, विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालन समितिको अध्यक्षमा बर्दियाका निर्मल लामिछानेलाई तीन वर्षका लागि मनोनित गरेको छ।

Share.

About Author

Leave A Reply