संगठन निर्माणमा जुट्न नेता कार्यकर्तालार्इ पाैडेलकाे आग्रह

0

वैशाख–३१सुर्खेत।नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस अब एक ढिक्का भएर अगाडी  बढ्नुपर्ने समय आएको बताउनु भएको छ।नेपाली कांग्रेस सुर्खेतले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले कांग्रेसले अब पुराना कुरा भुलेर, नयाँ सोचका साथँ सुध्रर जानु पर्ने बताउनुभएको छ। नेता नेता पौडेलले सरकारले अहिले सम्मपनि प्रधानन्याधिस नियुक्त नगरेको भन्दै सरकार मनपरि ढङगबाट अघि बढेको बताउनुभयो।पार्टीभित्र न्याय, निष्पक्षता र पारदर्शी मूल्यांकन हुनुपर्ने भन्दै उहाँले आफूले नेतृत्वलाई सुझाएपनि त्यसको सुनुवाई नभएको बताउनुभयो।उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भम्रण तामझाम भएपनि नेपालले कुनैपनि फार्इदा लिन नसकेको बताउनुभयो।कार्यक्रममा कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले अहिलेको सरकारले जनताको पक्षमा कुनै काम गर्न नसकेको जिकिर गर्दै झुठा कुरा गरेर अझैपनि जनतालाई भ्रममा पार्ने काम गरिरहेको आरोप लगाउनुभयो। उहाँले निर्वाचनमा कांग्रेस संगठनका हिसावले हारेपनि सिद्धान्तका हिसावले जितेको भन्दै अब संगठन निर्णममा आजैदेखि जुट्न नेता कार्यकर्तालार्इ आग्रह गर्नुभयो। कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीको सभापतित्वमा भएको कार्यकर्ता भेटघाटमा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री जीवनबहादुर शाही, तरुण दलका पूर्व सभापति उदयशमशेरण राणा, पूर्व संचार राज्यमन्त्री तप्तबहादुर विष्ट, पूर्व मन्त्री खड्गबहादुर बस्याल,जानकीसिहँ लगायतको उपस्थिति थियो।

Share.

About Author

Leave A Reply