संघिय सरकारले सामाजिक सुरक्षा कार्यक्रम घोषणा गर्यो।

0

मंसीर- १२ । आर्थिक तथा सामाजिक रूपमा जोखिममा रहेका नागरिकको सुरक्षाकालागि सरकारले पेन्सनसहितको योगदानमा आधारितघोषणा गरेको छ।यो सँगै अब निजी क्षेत्रमा कार्यरत श्रमिकले समेत अवकासपछि पेन्सन पाउने बाटो खुलेको सरकारी भनार्इ छ। नेपालको संविधानको धारा ३४ ले प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको छ ।यसरी रकम जम्मा गर्नुभन्दा पहिला रोजगारदाता र श्रमिकले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकृत हुनुपर्नेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रथम सामाजिक सुरक्षा कार्यक्रमको उद्दघाटन गर्दै यो नयाँ युगको शुरुआत भएको बताउनु भएको छ। ओलीले सरकारले हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र रोजगारी गुमाएका वा नभएका सबैलाई समेट्ने नयाँ प्रणालीको थालनी गरेको बताउनु भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले योजनाको सफल कार्यान्वयनकालागि रोजगारदाता, श्रमिक लगायत सरोकारवाललाई सहयोगकालागि अपिल गर्नुभएको छ । यसैबिच सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले पहिलो चरणमा यस योजनाले औपचारिक क्षेत्रको प्रतिष्ठानस्तरका श्रमिकहरुलाई समेट्ने बताउनु भयो ।दोश्रो चरणमा अनौपचारिक र स्वरोजगारलाई यस योजनाले समेट्ने  उहाँको भनार्इ छ।योगदानमा आधारित सामाजिक सुरक्षा अन्तर्गत रोजगारदाताले श्रमिकको न्युनतम तलबबाट ११ प्रतिशत रकम कट्टा गर्नेछन् ।र श्रमिकको न्युनतम तलबको २० प्रतिशत रोजगारदाताले थप गरी जम्मा ३१ प्रतिशत रकम कोषमा जम्मा हुनेछ। यसरी जम्मा भएको रकमबाट औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाकालागि १ प्रतिशत, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाकालागि १ दशमलव ४ प्रतिशत, आश्रित परिवार सुरक्षा योजनाकालागि शून्य दशमलव दुर्इ सात  प्रतिशत छुट्टाइने उहाँको भनार्इ छ ।बाँकी २८ दशमलव  तीन तीन प्रतिशत वृद्ध अवस्था सुरक्षाकालागि विभाजन गर्ने कार्यकारी निर्देशक अधिकारीले बताउनु भयो।योगदान गरेको आधारमा पाउने यो सुविधाबाट जागिर छाड्दा ‘उपदान’ वा पेन्सनको ‘स्किम’ रोजेमा मात्र पाउने नभर्इ कोषमा योगदान गर्न थालेपछि  नै विभिन्न सेवा पाइने उहाँको भनार्इ छ।

 

Share.

About Author

Leave A Reply