संघीय समाजवादी पार्टी र नयाँ शक्ति बिच एकीकरण।

0

वैशाख -२४ सुर्खेत।संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टीबीच एकीकरणपछि बनेको समाजवादी पार्टी नेपालको केन्द्रीय पदाधिकारी घोषणा भएको छ । एकतापछि बनेको पार्टीको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव र संघीय परिषदका अध्यक्षमा डा.बाबुराम भराई हुनुहुन्छ । यस्तै वरिष्ठ नेतामा अशाेक राई तथा पार्टीको सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ रहनुभएको छ भने उपाध्यक्षमा ८ जनालाई राखिएको छ । फोरमबाट १६ जना र नयाँ शक्तिबाट ९ जना गरी एकीकृत दलमा पदाधिकारी २५ जना हुनेछन् ।यस्तै केन्द्रीय समितिमा २ सय जना फोरमका र ९९ जना नयाँ शक्तिका सदस्य रहने सहमति भएको छ ।सरकारबाट तत्काल नहट्ने तर यसअघि संघीय समाजवादी फोरमले संविधान संशोधनका लागि केही दिनको समय दिने र माग पूरा नभए सरकारबाट अलग हुने सहमति भएको छ।प्रतिनिधिसभामा संघीय समाजवादी फोरमका १६ र नयाँ शक्तिका एक सांसद छन् ।

Share.

About Author

Leave A Reply