संचार निति समावेशी हुनुपर्नेमा पत्रकारहरको जाेड।

0

वैशाख-३०सुर्खेत।कर्णालीका पत्रकारहरले प्रेस स्वतन्त्रतालाई मध्यनजर गर्दै प्रेस निति बनाउन सुझाव दिएका छन।कर्णालीको आन्तरीक मामिला तथा कानुन मन्त्रालयले वीरेन्द्रनगरमा कार्यरत पत्रकारहरु सँग आयोजना गरेको संचार निति सम्बन्धी छलफलमा पत्रकारहरुले प्रदेश सरकारको निति मिडिया मैत्री हुनुपर्नेमा जोड दिएका हुन।उनीहरुले संघिय सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको सन्दर्भमा कर्णाली सरकारको संचार निति समावेशी हुनुपर्नेमा जोड दिएका हुन।छलफलमा पत्रकार महासंघ केन्द्रिय सदस्य कलेन्द्र सेजुवालले प्रदेश सरकारले गत वर्ष ल्याएका कार्यक्रहरुको पुर्ण कार्यान्वयन हुन नसकेको भन्दै नयाँ कार्यक्रम सँगै पुराना कार्यक्रमको कार्यान्वयनमा पनि ध्यान दिन आग्रह गर्नुभयो।यस्तै पत्रकार महासंघ सुर्खेतका पुर्व अध्यक्ष श्रीधर पौडेलले संचार संरचना संघिय संरचना अनुसार विस्तार हुन नसकेको भन्दै अब प्रेस काउन्सील लगायतका निकाय प्रदेशमै स्थापना गर्नुपर्नेमा सुझाव दिनुभयो।पत्रकारहरु सँगको छलफपछि आन्तरीक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले मिडियामैत्री कानुन बन्नेमा शंका नगर्न आग्रह गर्नुभयो।उहाँले यसअघि ल्याईएको कार्यक्रम मध्य स्वास्थ्य बिमा कार्यक्रम अब लागु हुने अन्तिम चरणमा रहेको भन्दै आम संचार प्रतिष्ठान स्थापनाका लागि तयार भएको विधेयक संसदमा जाने तयारी भईरहेको बताउनुभयो।उहाँले कर्णाली प्रदेश सरकारले आफ्नै रेडियो र टेलिभिजन स्थापना गर्ने योजना अघि सारेको भएपनि अहिले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई प्रदेश सरकार मातहत ल्याउनका लागि आवश्यक समन्वय भईरहेको जानकारी दिनुभयो।

Share.

About Author

Leave A Reply