संयुक्त कार्यदलले राष्ट्रियसभाका ४३ सिटमा भागवण्डा मिलायाे ।

0

माघ–४ ।एमाले माओवादी संयुक्त कार्यदलले राष्ट्रियसभाका ४३ सिटमा दुई पार्टीवीचको भागवण्डा मिलाएको छ।एमालेले २९ र माओवादीले १४ सिट पाउने गरी भागवण्डा मिलेको हो।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले दुई दलबीच सिटहरुको भागवण्डा गरेको हो । कार्यदलले ४३ सिटमा कुरो मिलाएको र अब यसलाई पार्टी एकता संयोजन समितिले अन्तिम टुंगो लगाउने कार्यदलका सुवासचन्द्र नेम्वाङले बताउनु भयो।राष्ट्रिय सभाका ५६ सिटमध्ये १३ वटा सिटमा भने अन्य दलहरुसँग पनि तालमेलपछि निर्णय गरिने नेम्वाङले बताउनु भयो।राष्ट्रियसभाको निर्वाचन आगामी माघ २४ गते हुँदैछ।

Share.

About Author

Leave A Reply