संसद बैठक बैशाख ७ गतेसम्मलार्इ स्थगित ।

0

चैत–२९ काठमाण्डाै । सरकारले संसदमा गत मंसीर १४ गते दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिएको छ।सरकारले मधेशी मोर्चा लगाएत बिपक्षी दलसंग छलफल गरेर नयाँ प्रस्ताव ल्याएको बताएपनि संशोधनको नयाँ प्रस्ताव दर्ता गर्ने बेला विरोध जनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संसद बहिष्कार गरेको छ। बैठकमा तरार्इ मधेश लोकतान्त्रिक पार्टीका नेता कबल अहमद शाहले सीमांकनको एजेन्डा छाडेर ल्याइएको संशोधन प्रस्ताव मान्य नहुने बताउनु भयो।नयाँ प्रस्तावमा सीमांकनसम्बन्धि विवाद आयोगमार्फत् टुंगो लगाउने उल्लेख गरिएको छ।सरकारले स्थानीय तहका प्रमुख र उपप्रमुखले राष्ट्रिय सभामा मतदान गर्न नपाउने प्रस्ताव गरेको छ भने भाषा र नागरिकतामा पुरानै व्यवस्था कायम गरिएको छ।प्रमुख प्रतिपक्षी एमालेले पनि सरकारले संविधान र कानुनको मर्मविपरित स्थानीय तहको अधिकार कटौती हुने गरी संविधान संशोधन प्रस्ताव तयार पारेको भन्दै मान्य नहुने प्रतिक्रिया दिएकेको छ। संसदको अर्को बैठक आउँदो वैशाख ७ गते बस्ने भएको छ।यघि आजै बसेको संसदको पहिलो बैठकमा प्रदेश नम्बर ५ को सिमांकन हेरफेर गर्नेसहितका प्रस्ताव गरेर मंसिर १४ गते संसदमा दर्ता गरेको विधेयक सरकारले फिर्ता लिएको हो।कानुन मन्त्री अजयशंकर नायकले आन्दोलनरत मधेसी मोर्चाको माग पूरा गर्न तथा विपक्षी दल एमालेको भावनालाई पनि समेट्नकालागि विधेयक फिर्ता गरेको बताउनु भयो।

Share.

About Author

Leave A Reply