समलिंगी विवाहलाई मान्यता दिने गरी कानुन बनाउन तेस्रो लिंगीहरुले माग।

0

मंसीर ४ सुर्खेत।समलिंगी विवाहलाई मान्यता दिने गरी कानुन बनाउन स्थानीय तहका जनप्रतिनिधीसँग तेस्रो लिंगीहरुले माग गरेका छन् ।उनीहरुले अब सरकारले समलिङ्गी विवाहलाई वैधानिक मान्यता दिनकालागि आवश्यक नियम कानुन बनाउनुपर्ने भन्दै स्थानीय तहसँग यस्तो माग गरेका हुन् ।निलहिरा समाजले यौनिक अल्पसंख्यकको अधिकारबारे वीरेन्द्रनगरमा जनप्रतिनिधीसँगको अन्तक्रियामा तेस्रो लिंगी सिमरन शेरचनले संविधान र कानूनले तेस्रो लिंगीबिचको विवाहलाई मान्यता नदिदा आफुहरुलाई अन्याय भएको बताउनु भयो ।सरकारले समलिंगी विवाहलाई मान्यता नदिदा थुपै्र समलिङ्गी जोडीहरु विवाह दर्ता गर्न नपाएर लुकी लुकी बस्न बाध्य भएको उहाँको भनार्इ छ ।अर्का समलिङ्गी अनुज पिटरले मुलुक संघीयतामा प्रवेश भइसकेको अवस्थामा स्थानीय तहबाटै सहयोग हुनुपर्ने बताउनुभयो ।अन्तरक्रियामा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले तेस्रो लिंगीहरु अहिले पनि लुकेर हिड्न परेको भन्दै यसको अन्त्यकालागि समाजमा सकारात्मक सोचको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । उपप्रमुख ढकालले समलिङ्गीहरुका माग प्रति नगर कार्यपालिकाको बैठकमा छलफल गर्ने बताउनु भयो ।

Share.

About Author

Leave A Reply