समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकियो।

0

पुष–३ ।निर्वाचन आयोगका समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएको जनाएको छ।आयोगले ९५ लाख ४४ हजार ७४१ मत सदर भएकोमा ३१ लाख ७३ हजार ४९४ मत सहित एमाले पहिलो दल बनेको बताएको छ।दोस्रो दल कांग्रेसले एमालेले भन्दा ४५ हजार १०५ मत कम ३१ लाख २८ हजार ३८९ मत पाएको छ।यसैगरी नेकपा माओवादी केन्द्रले १३ लाख ३ हजार ७२१ राष्ट्रिय जनता पार्टी ४ लाख ७२ हजार २५४ र संघीय समाजवादी फोरमले ४ लाख ७० हजार २०१ मत पाएका छन्।विवेकशील साझा पार्टीले २ लाख १२ हजार ३६३ र राष्ट्रिय प्रजातन्त्र पार्टी १ लाख ९६ हजार ७८२ मत पाएका छन्।राप्रपा प्रजातान्त्रिकले ८८ हजार ३७७, नयाँ शक्तिले ८१ हजार ८३७ र राष्ट्रिय जनमोर्चाले ६२ हजार १३३ मत पाएका छन्।समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा ४९ राजनीतिक दलले भाग लिएकोमा अरू दलले एक लाखको आंकडा छुन सकेनन।आयोगले एक दुई दिनमा औपचारिक रुपमा कुन दलले कति मत पायो भनेर जानकारी गराउने बताएको छ।दुई चरणमा भएको प्रतिनिधिसभा र प्रदेसभा सदस्य निर्वाचनमा करिब एक करोड पाँच लाखको हाराहारीमा मतदान भएको आयोगले जनाएको छ।निर्वाचन आयोगले यसबारे अन्तिम घोषणा गर्न बाँकी रहेपनि प्रतिनिधिसभाको समानुपातिकमा ३ प्रतिशत थ्रेसहोल्ड रहेकाले पाँच दलले मात्र सिट पाउने भएका छन।

Share.

About Author

Leave A Reply