सयमसंगै तिज मनाउने तरिका पनि फेरीदै।

0

भदौ १७ सुर्खेत-यसबर्षको तिज सुर्खेतमा हर्षउल्लासका साथ मनाइएको छ।

खुल्लामञ्चमा वीरेन्द्रनगरका विभिन्नठाँउबाट दिदीबहीनीहरु जम्मा भएर समुह सुमह बनाएर नाच गान गरेका छन।

तीजको उल्लासमा शिवालयमन्दीहरु सहित विभिन्न ठाँउमा भक्तजनद्वारा दिनभर पूजाआजा र नाचगानका साथ तिज मनाएका छन।

तिज सद्भाव मेलामा सहभागीहरुले पछिल्ला समय तीज मनाउने तरिकामा परिवर्तन आएको बताएका छन।

उनिहरुले तिजमा गित मात्र नभएर मनाउने शैली नै परिवर्तन भएर महिना दिन अगाडी देखि नै तिज मनाउने चलन फष्टाएकोमा चिन्ता जनाएका छन।

बागीना समुहले आयोजना गरेको सद्भभाव मेलामा सुर्खेतका बरिष्ठ कलाकाहरु प्रेमदेवगरी, गंगाकेसी, कुलमान नेपाली, गणेश भक्त गौतम, ज्ञानबहादुर नेपाली लगायतका कलाकारहरुको सहभागीता रहेको।

कार्यक्रममा सुर्खेतका कालकारहरुले तिज गित तथा नृत्य प्रस्तुतगर्दै दर्शकहरुलाइ मनोरञ्जन दिएका छन।

यस्तै विच तिज सद्भभाव मेलामा सहभागी भएका समुहबाट दुइवटा समुहलाइ पुरुस्कृत गरिएको छ।

बीरेन्द्रनगरको रिङरोड समुह सर्बउत्कृष्ठ समुह छनोट भएको छ भने कालिन्चोकको राधाकृष्ण समहु उत्कृष्ठ समुह बनेको छ।

चार वटा विधालार्इ समेटेर सहभागीहरुबाट छनोट गरिएको  मेलाका संयोजक सिता भण्डारीले जानकारी दिनुभयो।

विभिन्न संघसस्था, सामाजिक विकास मन्त्रालय, नगरपालीका लगायतको सहयोगमा प्रतियोगिहरुलाइ नै पुरस्कार प्रदान गरीने गरिएको हो।

तिजको अवसरमा सुर्खेतको लाटीकोइली कालुङचोक इत्राम लगाएतका ठाउँमा रहेका शिवालयमा वत्रालु भक्तजनहरुले पुजार्अचना गरेका छन।

 

 

 

Share.

About Author

Leave A Reply