सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै।

0

जेठ २ सुर्खेत,आउँदो आर्थिक वर्षको लागि सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आज दिउँसो साढे ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ।

नीति तथा कार्यक्रमकै आधारमा बजेटमा कार्यक्रम समावेश हुने भएकाले यसलाई महत्वका साथ हेर्ने गरीन्छ।

यो वर्ष कोरोना भाइरसको महामारीका कारण चौपट भएको अर्थतन्त्र उकास्न विशेष व्यवस्था सहित नीति तथा कार्यक्रम आउने अर्थ मन्त्रालयले जनाएको छ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले कोरोना भाइरसको कारण सुस्ताएको अर्थतन्त्र उकास्न विशेष कार्यक्रम ल्याइने बताइसक्नुभएको छ।

नीति तथा कार्यक्रममा कोरोनाविरुद्ध लड्नको लागि स्वास्थ्य क्षेत्रमा विशेष व्यवस्था सहितको नीति आउने अपेक्षा छ।

यस्तै सुलभ सार्वजनिक स्वास्थ्य र पूर्वाधारलाई जोड दिइएको मन्त्रालयले जनाएको छ ।

कोरोनाले चौपट बनाएको व्यवसायलाई करछुट, सहुलियतमा ऋण दिने, कृषी उद्यम बढाउन प्रोत्साहन गर्ने लगायतका कार्यक्रमलार्य सहयोग पुग्ने गरी नीतिमा जोड दिइएको सरकारले जनाएको छ।

यसअघि गत वर्ष सरकारले चालु आर्थिक बर्षमा सम्पन्न गर्ने लक्ष्य राखेका ठूला आयोजनाको सम्पन्न हुने म्याद कम्तिमा एक वर्ष लम्बिने निश्चित रहेको छ।

 

 

Share.

About Author

Leave A Reply