सरकारद्वारा स्थानिय तहमा ५७ हजार कर्मचारी पठाउने निर्णय

0

चैत–१६।सरकारले स्थानिय तहमा ५७ हजार ३५४ कर्मचारी पठाउने निर्णय गरेको छ।स्थानीय सरकार गठन भएको एकवर्ष हुन लाग्दा पनि कर्मचारी नपुगेको गुनासो बढेका केन्द्र सरकारले गाउँपालिका र नगरपालिकाहरुको दरबन्दी तय गर्दा जनसंख्यालाई मुख्य आधार बनाएको छ। २५ हजारसम्म जनसंख्या भएको गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा १८ र  हरेक वडामा दुई जना कर्मचारी हुने छन्।२० हजारभन्दा बढी जनसंख्या भएका गाउँपालिकामा उपसचिवको नेतृत्वमा २५ र हरेक वडामा दुई जना कर्मचारी हुनेछन्।यस्तै, २५ हजारसम्म जनसंख्या भएको नगरपालिकामा उपसचिवको नेतृत्वमा २५ र हरेक वडामा दुई जना कर्मचारी दरबन्दी कायम गरिएको छ।२५ देखि ५० हजार जनसंख्या भएको नगरपालिकामा उपसचिवको नेतृत्वमा ३० कर्मचारी हुनेछ भने ७५ हजारसम्म जनसंख्या भएको नगरमा ३९ कर्मचारी रहने भएका।यस्तै हरेक वडामा ३ जना कर्मचारी हुनेछन्।७५ हजार बढी जनसंख्या भएका नगरपालिकामा उपसचिवको नेतृत्वमा ४३ जना र हरेक वडामा तीन जना कर्मचारी हुनेछन्।उपमहानगरपालिकामा सहसचिवको नेतृत्वमा ८४ कर्मचारी हुनेछन् भने हरेक वडामा चार कर्मचारी हुनेछन्।यसैगरी संघीय राजधानी नभएका महानगरमा सहसचिवको नेतृत्वमा १३१ र हरेक वडामा ७ जना तथा  काठमाडौं महानगरमा सचिवको नेतृत्वमा १४१ कर्मचारी र हरेक वडामा ७ कर्मचारी रहने व्यवस्था गरिएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको नयाँ संगठन संरचना अनुसार स्थानीय तहमा ३७ हजार ७९६ कर्मचारी व्यवस्थापन गरिने छ ।विषयगत कार्यालय अन्तर्गतका केन्द्र/उपकेन्द्रमा खटिएका १९ हजार ५५८ कर्मचारीलाई पनि स्थानीय तहमा खटाइने मन्त्रालयले जनाएको छ ।यी कर्मचारी एक साताभित्र स्थानीय तहमा पठाइसक्ने दावी मन्त्रालयले गरेको छ ।

Share.

About Author

Leave A Reply