सरकारले आमरण अनसन स्थगित गर्न डा. गोविन्द केसीलाई आग्रह गरेको छ ।

0

साउन ५ सुर्खेत ,

सरकारले आमरण अनसन स्थगित गर्न डा. गोविन्द केसीलाई आग्रह गरेको छ ।

काठमाडौंमा भएकव कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले केसीले असल उद्देश्यले अनसन थालेको भएपनि यसमा केही दलले राजनीति गरेको भन्दै अनसन स्थगित गरी वार्ता बस्न आग्रह गर्नुभयो  ।

डा. केसीको जीवन रक्षाका लागि जुम्लाबाट काठमाडौं ल्याएको दाबी गर्दै उहाँले यसमा सरकारको आलोचना भएको भन्दै असन्तुष्टि जनाउनु भयो ।

सरकारले वार्ता टोली गठन गरिसकेको भन्दै उहाँले वार्ताबाटै समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ।

Share.

About Author

Leave A Reply