सरकारले कान्डै कान्ड गरेको कांग्रेसको आरोप।

0

बैशाख १६- सुर्खेत।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले बजेट बारे पूर्व छलफल नगरे नीति तथा कार्यक्रम ल्याउन नदिने बताएको  छ ।सिंहदरबारमा बसेको संसदीय दलको बैठकले  प्री बजेट बारे छलफल नगरी सरकारले जनप्रतिनिधि र संसद्लाई बाइपास गर्न खोजेको आरोप लगाएको छ ।कांग्रेसले सोझै नीति तथा कार्यक्रम पास भएपछि त्यसकै आधारमा बजेट बन्ने भएकाले त्यसपछि प्री बजेट छलफलको औचित्य नहुने बताएको छ ।कांग्रेसका  प्रमुख सचेतक बालकृष्ण खाँणले प्री बजेट छलफल गरेर नीति तथा कार्यक्रम ल्याएपछि मात्रै बजेट आउनुपर्ने अडानमा कांग्रेस रहेको बताउनु भयो ।उहाँले ओली सरकार निरंशुक बन्दै गएको आरोप लगाउदै सरकारले चारैतिर काण्डै काण्ड गरेको दाबी गर्नुभयो ।खाँणले अहिलेसम्म आफूहरु शालिनरुपमा प्रस्तुत भएको जिकिर गर्दै  संसदमा कडारुपमा प्रस्तुत हुने बताउनु भयो ।

 

 

Share.

About Author

Leave A Reply