सरकारले प्रदेसको अस्थायी राजधानी तोक्नुका साथै प्रदेस प्रमुख नियुक्त गर्यो।

0

माघ–४सुर्खेत।करिब डेढ महिनाको अन्यौंलता चिर्दै सरकारले प्रदेश प्रमुख नियुक्त गर्नुका साथै अस्थायी राजधानी पनि तोकेको छ।मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रदेशहरुको अस्थायी मुकाम तोक्नुका साथै प्रमुख नियुक्त गरेको हो।प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को कैलालीलाई अस्थायी मुकाम तोकेको छ।यस्तै प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरिएको छ।प्रदेश प्रमुखमा कांग्रेस र मधेसवादी दुई दलले भागवण्डा गरेका छन् । कांग्रेसको सिफारिसमा ५ जना तथा राष्ट्रिय जनता पार्टि र संघिय समाजवादी फोरमको सिफारिसमा एक एक जना प्रदेश प्रमुख नियुक्त गरिएको छ ।प्रदेस नम्बर ६ प्रदेश प्रमुखमा नियुक्त हुनुभएका दुर्गाकेसर खनाल यसअघि नेपाली कांग्रेसबाट राष्ट्रिय सभा सदस्य भर्इसक्नुभएको छ ।

Share.

About Author

Leave A Reply