सरकारी जग्गा व्यक्तिको नाममा पास गराउने कर्मचारीलाई अदालतमा पेश ।

0

साउन २३,  बाँके प्रहरीले सरकारी कागज किर्ते गरि सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने अभियोग लागेका ७ जना कर्मचारीलाई पक्राउ गरी अदालत पेश गरेको छ ।

बाँके तथा बर्दियाको जिल्लाको भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत तत्कालिन प्रमुख मालपोत अधिकृत, अधिकृत, नायव सुब्बा, खरिदार तथा कार्यालय सहयोगी सहितका ७ जनालाई अदालत पेश गरिएको हो ।

पक्राउ परेका व्यक्तिहरु समेतको मिलोमतोमा तत्कालिन बाँके तथा बर्दिया जिल्लाको विभिन्न स्थानमा रहेको सरकारी जग्गाको कागजात किर्ते गरि व्यक्तिको नाममा पास गराएको आरोप छ । ‘

बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक वीर बहादुर वलीले सरकारी वकिलमार्फत अदालत पु¥याइएको भन्दै उनीहरुको बयान सुरु भएको जानकारि दिनुभयो ’

तत्कालिन मालपोत कार्यालय बाँकेका प्रमुख मालपोत अधिकृत दिर्घबहादुर पोखरेल, बर्दियाका प्रमुख मालपोत अधिकृत पदमा कार्यरत कृष्ण प्रसाद ज्ञवाली लगायतका ७ जनालाई काठमाडौंबाट पक्राउ गरी नै नेपालगन्ज ल्याइएको हो ।

बाँके र बर्दिया जिल्लाका विभिन्न ठाउँको सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिका नाममा गरेको भन्दै उनीहरुसहित २८ जनाविरूद्ध अख्तियारले जेठ ३० गते अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले बाँकेका सरकारी र सार्वजनिक जग्गा व्यक्तिका नाममा पुर्याउँदा २ करोड १६ लाख र बर्दियाका जग्गा व्यक्तिका नाममा पुर्याउँदा २ करोड ३० लाख भ्रष्टाचार भएको दावी गरेको छ ।

यसअघि मालपोत कार्यालय बाँकेका कर्मचारीहरुको मिलेमतोमा सरकारी जग्गा निजी नाममा गर्दै हत्याउन सक्रिय रहेको भन्दै पक्राउ परेका १९ जना मध्ये १६ जनालाई थुनामा राख्न बाँके जिल्ला अदालतले आदेश गरेको थियो ।

 

Share.

About Author

Leave A Reply