सरकार र प्रतिपक्ष मिलेर देशलाई सम्वृद्ध बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

0

फागुन–२८।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका दुई तिहाई सांसदको विश्वास मत पाउनु भएको छ।माओवादी केन्द्रको समर्थनमा ३ फागुनमा प्रधानमन्त्री नियुक्त भएका ओलीले संसद बैठकमा २०८ मत पाउनु भएको हो।एमाले र माओवादीका साथै संघीय समाजवादी फोरम, राजपाले तथा एक सिटे दलहरु राप्रपा र राष्ट्रिय जनमोर्चाका सांसदले ओलीलार्इ पनि मत दिएका छन्।प्रधानमन्त्री ओलीको विपक्षमा ६० मत खसेको छ।कांग्रेस ‌ओलीको बिपक्षमा मतदान गरेको छ भने नेपाल मजुर किसान पार्टीले पनि ओलीलाई मत दिएन ।नयाँ शक्ति पार्टीका मात्र सांसद डा. बाबुराम भट्टराई भने आज संसद बैठकमा उपस्थित हुनुभएन।यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले अब सरकार र प्रतिपक्ष दुवै मिलेर देशलाई सम्वृद्ध बनाउनुपर्ने बताउनु भएको छ।विश्वासको मत लिने क्रममा संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीनवटै तहका चुनाव सकिएकाले अब सरकार र प्रतिपक्षी दुवै मिलेर देश विकासमा लाग्नुपर्ने बताउनु भएको हो।ओलीले चुनावका बेला दलहरुबिच केही असमझदारी, ठाकठुक परेपनि अब सबैले त्यो कुरा बिर्सेर देश सम्वृद्ध बनाउन लाग्नुपर्ने बताउनु भयो।नागरिकका हक अधिकार सुरक्षित गर्ने र राष्ट्रियताको मामलामा अब तलमाथि हुनै नसक्ने भन्दै ओलीले आफूले पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने बताउनु भयो।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री र मन्त्रीहरुलाई कठोर कदम चाल्न आग्रह गरेका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीप्रति विश्वासको मत दिँदै प्रचण्डले बोक्सीको आरोपमा भएको कुटपिट,८ वर्षीया बालिकामाथि भएको बलात्कारका घटना उल्लेख गर्दै अब भाषण होइन, सिधै एक्सनमा जाने समय आएको बताउनु भयो। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले मिलेर देश बनाउने प्रधानमन्त्रीको प्रस्ताव सकारात्मक भएको उल्लेख गर्दै सरकारलाई गुण र दोषका अधारमा सहयोग गर्ने बताउनु भयो।उहाँले प्रधानमन्त्रीले व्यक्त गरेका प्रतिवद्धता कति पुरा हुन्छन भनेर सयदिनसम्म हेर्ने भन्दै वाच डकका रुपमा कांग्रेसले प्रमुख प्रतिपक्षमा रहने बताउनु भयो।

Share.

About Author

Leave A Reply