सरकार र सीके राउत नेतृत्वको सहमतिबारे स्पष्ट पार्न काँग्रेसकाे माग।

0

फागुन ३०,सुर्खेत।प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच भएको सहमतिबारे स्पष्ट पार्न माग गरेको छ।काँग्रेसले  पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी फागुन २४ गते सरकारले राउतलाई मूलधारको राजनीतिमा ल्याउने भन्दै गरेको सहमतिबारे स्पष्ट पार्न माग गरेको हो।पृथकतावादी बाटोमा हिंडेका व्यक्ति र समूहलाई मुलुकको अखण्डता स्वीकारेर मुलधारमा आउन सहमत गराउनु स्वागतयोग्य भएपनि सम्झौताको २ नम्बर बुँदामा असन्तुष्टि रहेको काँग्रेसले जनाएको छ।प्रवक्ता विश्वप्रकाश शर्माले जनअभिमतबाट समाधान खोज्ने उल्लेखित विषयमा आफूहरुको आपत्ति रहेको बताउनुभयो।उहाँले यो सम्झौताबाट विखण्डनको आकांक्षालाई लोकतान्त्रिक विधिबाट हल खोज्ने गरी राज्यकै तर्फबाट वैधानिकता दिएको समेत आरोप लगाउनुभयो।

 

Share.

About Author

Leave A Reply