सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिगको दोस्रो संस्करण माघ ५ गतेदेखि हुने।

0

असोज–२३कैलाली।सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिगको दोस्रो संस्करण आगामी माघ ५ गतेदेखि आयोजना हुने भएको छ।आयोजक धनगढी क्रिकेट एकेडेमीले अक्सनमा आधारित राष्ट्रिय टी ट्वान्टी प्रतियोगिताको दोस्रो संस्करणको आयोजना मिति सार्वजनिक गरेको हो।प्रतियोगिताको बिजेताले २५ लाख पुरस्कार पाउने छ भने उपबिजेताले १० लाख तथा तेस्रो ३ लाख र चौथो हुने टोलीले २ लाख पुरस्कार पाउने छन्।पुरस्कार राशी पहिलो संस्करणभन्दा १० लाख बढाइएको हो।यस्तै म्यान अफ द सिरिजले अपाचे मोटरसाइकल तथा प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पुरस्कार पाउने आयोजकको भनार्इ छ।काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यो प्रतियोगितामा बढीमा आठ टोलीको सहभागिता रहने पनि एकेडेमीले जानकारी दिएको छ।अघिल्लो संस्करणमा ६ टोलीको सहभागिता थियो।प्रतियोगितामा सहभागी टोलीको घोषणा र खेलाडी छनोट मंसिरमा गरिने छ।

Share.

About Author

Leave A Reply