सर्वाधिक पुरस्कार राशीको एभरेष्ट प्रिमियर लिग इपीएल क्रिकेटमा ललितपुरको विजयी सुरूवात।

0

पुष؄–४ काठमाडौं।काठमाडौंमा हिजोदेखि सुरु भएको सर्वाधिक पुरस्कार राशीको एभरेष्ट प्रिमियर लिग इपीएल क्रिकेटमा ललितपुर प्याट्रियट्सले विजयी सुरूवात गरेको छ।कीर्तिपूरस्थित टियू क्रिकेट मैदानमा सम्पन्न खेलमा ललितपुरले काठमाडौं किङ्स एलाभेनलाई ७ विकेटले पराजित गर्योस।ललितपुरको जितमा ब्याटिङ र बलिङ दुवैमा विदेशी खेलाडीको प्रदर्शन निर्णायक रहृयो ।काठमडौंले दिएको ९० रनको सामान्य लक्ष्य राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वको ललितपुरले १६ दशमलव ४ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्योा।ललितपुरकालागि भारतीय ब्याट्सम्यान जयकिसन कोल्सावालाले सर्बाधिक अविजित ४४ रन कप्तान मल्लले २० रन बनाउनु भयो।काठमाडौंकालागि मेरेनागे फर्नाण्डोले २ तथा सोमपाल कामीले १ विकेट लिनु भयो।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले १८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ८९ रन बनाएको हो।काठमाडौंकालागि ओपनर अमित श्रेष्ठले २७ रन बनाउनु बाहेक अन्यले सन्तोषजनक रन बनाउन सकेनन्।ललितपुरका भारतीय बलर सुबोध भाटीले सर्बाधिक ४ विकेट लिँदा ललित राजवंशीले ३ तथा मेहवुव आलमले २ र योगेश नागरले १ विकेट लिनुभयो।६ टोली सहभागि प्रतियोगिताको उपाधि बिजेताले २१ लाख हात पार्नेछ।

Share.

About Author

Leave A Reply