सल्यानको त्रिवेणी गाउँपालिका कार्यालय भवन बनाउन स्थानीयले पाँच रोपनी जग्गा दिए।

0

२५ पुष सुर्खेत ।सल्यानको त्रिवेणी गाउँपालिका कार्यालय भवन बनाउन स्थानीयले पाँच रोपनी जग्गा दान गरेका छन् ।त्रिवेणी ६ लुहामका स्थानीय रेमु श्रेष्ठ, दिवाकरराज श्रेष्ठ, ड्रम्बर शाह, कर्ण बहादुर श्रेष्ठ र कमल केसीले सयुक्त रुपमा गाउँपालिकालाई जग्गादान गर्नुभएको हो ।भाडाको भवनमा सञ्चालन भइरहेको गाउँपालिकालाइ सेवा प्रवाहमा असहजता भएकाले सामाजिक भावना अनुसार जग्गा दान गरिएको जग्गादानकर्ता डम्बर शाहले बताउनुभयो।गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले पाँच जनाले २५ लाख बराबरको पाँच रोपनी जग्गा दान गरेको बताउनुभयो ।त्रिवेणी गाउँपालिकाले अव थप पाँच रोपनी जग्गाको व्यवस्था गरेर भवन निर्माण कार्य अगाडी बढाइने जनाएको छ ।अहिले गाउँकार्यपालिका, विषयगत कार्यालय तथा वडा कार्यालयको भाडा वापत गाउँपालिकाले वार्षिक १२ लाख रुपैयाँ खर्च गर्दै आएको छ।

Share.

About Author

Leave A Reply