सहकारी संस्थाहरु समूदाय केन्द्रित हुनुपर्ने जोड।

0

वैशाख -२१ सुर्खेत।.सहकारी संस्थाहरु संचालक केन्द्रित नभर्इ शेयर सदस्य र समूदाय  केन्द्रित हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन ।दिगो बिकास लक्ष्य प्राप्तीकालागी सहकारी भन्ने नारा सहित बीरेन्द्रनगरमा सुरु भएको सहकारी क्षेत्रको प्रबद्धनमा प्रदेश एबं स्थानिय तहको भुमीका सम्बन्धि दुर्इ दिने प्रादेशिक  गोष्ठीका सहभागिले सहकारीले विपन्न वर्गको जीवनस्तर सुधार्नु पर्नेमा जोड दिएका हुन।कर्णाली प्रदेशका भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीले सहकारीलार्इ प्रदेश सरकारले प्रमुख प्राथामिकतामा राखेको बताउन भयो ।उहांले प्रत्येक जिल्लामा एक एक सहकारी नमुना गांउकालागी १० करोड छुट्यायको भन्दै सहकारीलाइ ७० प्रतीसत अनुदान दिने निती ल्याएको बताउनुभयो ।राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशब प्रसाद बडालले देशको कुल ग्रास्त उत्पादनमा सहकारी क्षेत्रको ४ दशमलव ५ प्रतिसत र बित्तीय क्षेत्रमा २० प्रतिसत योगदान रहेको बताउनु भयो।अध्क्ष बडालले कर्णाली प्रदेशको आथिक बिकाशका लागी सहकारीसंग समन्वय हुन आवश्यक रहेको औंल्याउनु भयो ।कार्यक्रममा राट्रिय सहकारी महांसंघका संचालक पदम दाहालले सहकारीका माध्यमबाट नै मुलुकको आर्थिक बिकासमा टेवा पुग्ने बताउनु भयो ।यस्तै कार्यक्रममा सहकारी महांसंघका बरिष्ट उपाध्यक्ष मिनराज कंडेल चन्द्र ढकाल ,टिका बुढाथोकसले आफ्नो भनाइ राख्नुभयको छ ।कार्यक्रममा कर्णाप्रदेशका १० बटै जिल्लाका बिभीन्न स्थानिय तहका तथा प्रमुख उपप्रमुख  लगाएतका जनप्रतीनीधीहरुको सहभागीता रहेको छ ।

Share.

About Author

Leave A Reply