सहयोगको याचना।

0

फागुन २५,सुर्खेत- बाख्रा चराउन गएको बेला ढुंगाले थिचिएर दुवै खुट्टा भाँच्चिएका चिंगाड गाउँपालिका ४ धनपानीका ४८ बर्षीय बले चन्दले उपचारका लागि सहयोगको याचना गर्नुभएको छ।

नेपालगन्जमा एक महिना उपचार गराएर अहिले प्रदेश अस्पताल कालागाउँमा उपचार गराइ रहनु भएका चन्दको आर्थिक अवस्था कमजोर भएकोले सहयोगको याचना गरिएको हो।

गत पुस १८ गते बाख्रा चराउन जंगल गएका बेला माथिबाट खसेको ढुंगा लागि चन्दको दुवै खुट्टा भाँच्चिएका छन।

उपचारका लागि नेपालगन्ज लिइसकेको र अप्रेशनपछि उहाँ अहिले सुर्खेतस्थित प्रदेश अस्पतालमा रहेको चन्दका बहिनी कल्पना सिंहले बताउनुभयो।

जंगलमा एउटा सानो बारी र थोरै पाखो बारी भएको र अहिलेसम्म उपचारमा ५ लाख बढी खर्च भइसकेको उहाँको भनार्इ छ।

उपचारमा घरमा भएका बाख्रासमेत विक्री भइसकेको र पाखो बारी पनि विक्री नहुने स्थितिमा रहेकोले चन्दको उपचारमा समस्या थपिएको सिंहले जानकारी दिनुभयो।

उपचार खर्च जुटाउने स्रोत केही पनि बाँकी नरहेकोले सहयोगीदाताहरुसंग सहयोगको याचना गर्नुपर्ने सिंहको भनार्इ छ।

चन्दलाई आर्थिक सहयोग गर्नका लागि बहिनी कल्पना सिंहको मोबाइल नं. ९८६८६४४९११ र ९८६८२२६७४४ मा सम्पर्क गर्न सकिने छ।

यस्तै नेपाल बैंक लिमिटेड सुर्खेतको खाता नं. १९४०११००८०८४०९०००००१ मा सहयोग रकम जम्मा गर्न सकिनेछ ।

Share.

About Author

Leave A Reply