सहिदको सपना साकार पार्न सबै जुट्नुपर्ने सुर्खेतका सरोकारवाला निकायको सुझाव।

0

साउन- २६ सुर्खेतलाई ६ नंम्बर प्रदेशको राजधानी बनाउँन दुईबर्ष अगाडी सुर्खेतमा भएको आन्दोलनमा सहादत प्राप्त गरेका सहिदको सपना पुरा गर्न सबै एक भएर लाग्नु पर्ने सरोकारवालाहरुले जोड दिएका छन ।
सहिद याम बिसी स्मृती प्रतिष्ठानले वीरेन्द्रनगरमा गरेको दोस्रो स्मृती दिवसमा सहभागीहरुले सहिदका नामवाट स्मारक बनाउँन माग गरेका छन।
कार्यक्रममा जिल्ला समन्वय समितिका नवनिर्वाचित प्रमुख छविलाल सिग्देलले ६ नंम्बर प्रदेश निर्माणकालागि ज्यानको बलिदानी दिनुभएका ४ जना सहिदका सपना पुरा गर्नकालागी सहिद प्रतिष्ठानको स्थापना गर्नुपर्ने बताउनु भयो।
उहाँले हरेक स्थानिय तहका जनप्रतिनिधि लगाएत सबैको सहकार्यबाट सहिदका सपना पुरा गर्ने काम थाल्न आग्रह गर्नु भयो।
वीरेन्द्रनगर नगरपालीकाका उप–प्रमुख मोहनमाया ढकालले सहिदको सम्झनामा सहिद पार्क बनाउने भन्दै नगरपालीकाको निति तथा कार्यक्रममा समावेश गरि १० लाख रकम छुट्टाएको बताउँनु भयो ।
नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले सहिदका सपना पुरा गर्न सबै जनप्रतिनिधि लगाएत सबै सरोकारवाला एकजुट भएर सहिद पार्क स्थापनामा लाग्नु पर्ने बताउँनु भयो ।
नेकपा माओवादि केन्द्रका संयोजक कृष्ण जिसीले वर्षमा एकपटक सहिदका सम्झनामा फुलमाला लगाएर मात्र सपना पुरा नहुने भन्दै सहिद प्रतिष्ठान निर्माण गरिनुपर्ने माग गर्नु भष्यो ।
स्थानिय विकास अधिकारी अमृत लम्सालले स्थानिय जनप्रतिनिधि लगाएत सबैको सहकार्यले मुलुकको आर्थिक र समृद्धिकालागि बलीदान दिएका सहिदका सपना पुरा गर्न सकिने बताउनु भयो।
उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कुमार कोइरालाले सहिदका परिवारलाइ राज्यले दिने सेवा सुविधकालागि सबैले आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।
प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष पदम बहादुर शाहीले सहिदका परिवारका लागि रोजगारी दिनेकुरामा स्थानिय तहका जनप्रतिनिधीले पहल गर्नुपर्ने बताउनु भयो।
कार्यक्रममा राष्टिय जनमोर्चाका गोविन्दनाथ योगी, राष्टिय प्रजातन्त्र पार्टिका टोप बहादुर वली लगाएतले आफ्ना भनाइ राख्नुभएको थियो ।
दुइ वर्ष अघि २०७२ साल साउन २५ गते छैटौ प्रदेशको माग गर्दे सुर्खेतमा १६ दिन सम्म चलेको आन्दोलनमा यामबहादुर बिसी,टिकाराम गौतम,गोपालसिं रजवार र जुम्लामा भएको आन्दोलमा हरिबहादुर कुँवरको निधन भएको थियो ।

Share.

About Author

Leave A Reply