सहिद स्मारक ए डिभिजन लिगको उपाधि मछिन्द्र क्लबकाे पाेल्टामा।

0

फागुन ४ ।मछिन्द्र क्लबले सहिद स्मारक ए डिभिजन लिगको उपाधि जित्दै इतिहास रचेको छ ।

काठमाडौंको  दशरथ रंगशालामा आज भएको लिगको अन्तिम खेलमा मछिन्द्र क्लबले त्रिभुवन आर्मी क्लबलाई १-शून्यले पराजित गर्दै उपाधि जितेको हो।

३३ औं मिनेटमा रन्जित धिमालले फ्रिकिकमा गरेको गोल नै मछिन्द्रलाई पहिलो पटक लिग उपाधि जिताउन पर्याप्त भयो ।

यस सिजनको उपाधि जित्न साविक विजेता मनाङ मर्स्याङ्दीबाट कप्तान विराज महर्जनसहित ७ खेलाडी अनुबन्ध गरेको मछिन्द्रले लक्ष्य पुरा गरेको छ ।

च्याम्पियन मछिन्द्रले ५० लाख नगद पनि पक्का गरेको छ।

दोस्रो पटक फार्इनल पुगेर पनि लिग उपाधि चुम्न नसेको आर्मीले ३५ लाखमा चित्त बुझाएको छ ।

यसअघि २०६३ सालमा पनि आर्मी अन्तिम खेलमा नेपाल पुलिसंग अन्तिम खेलमा पराजित हुँदै उपाधिबाट बन्चित भएको थियो  ।

Share.

About Author

Leave A Reply