सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुदै।

0

माघ-१४ सुर्खेत।सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुदैछ ।पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।दोस्रो खेलमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लब आमनेसामने हुनेछन् ।दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा राखिएको छ ।पहिलो खेलमा शेर्पा र सरस्वती बिहान साढे ११ बजे भिड्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ .दोस्रो खेल दिउँसो ३ बजे सूरु हुनेछ ।

हिजाे भएकाे खेलमा नेपाल पुलिस क्लबले साँघुरो जित निकालेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुलिसले अर्को विभागिय टोली एपीएफ क्लबलाई १-शून्य गोल अन्तरले पराजित गरेको हो ।जितसंगै पुलिस ९ खेलमा १४ अंक सहित लिगको पाँचौं स्थानमा उक्लिएको छ ।पराजित एपीएफ भने ९ खेलमा ५ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

पुलिसलाई जित दिलाउन कप्तान भोलानाथ सिलवालले १३ औं मिनेटमा पेनाल्टीमा गरेको गोल नै निर्णायक बन्यो ।रबि पासवानको कर्नरमा भरत साहलाई एपीएफका खेलाडीले डिबक्स भित्र फउल गर्दा पुलिसले पेनाल्टी पाएको हो।खेल सकिएपछि एपीएफका सुदिप शिख्राकारले रातो कार्ड पाउनु भएको छ ।रेफ्री प्रकाश नाथ श्रेष्ठलाई अभद्र व्यवहार गरेपछि उहाँले रातो कार्ड पाउनु भएको हो ।

 

 

 

Share.

About Author

Leave A Reply