साइस्मिक सर्भेको ८० प्रतिशत काम सकियो।

0

माघ-२७ सुर्खेत।दैलेखको नाबिस्थान, शिरिस्थान पादुकालगायतका क्षेत्रलाई आधार बनाइ जारी पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत साइस्मिक सर्भे सातवटा लाइनको काम सम्पन्न भएको छ।

पेट्रोलिम पदार्थ अन्वेषणअन्तर्गत महत्वपूर्ण मानिएको साइस्मिक सर्भेको अहिलेसम्म ८० प्रतिशत सम्पन्न भएको हो।

गत कात्तिकदेखि सुरु गरिएको अन्वेषणका लागि तीनवटा पूर्वपश्चिम र सातवटा उत्तरदक्षिणमा गरी १० वटा साइस्मिक सर्भे लाइन रहेका छन्।

सातवटा लाइनमा चिनियाँ प्राविधिक टोलीले सर्भेको काम सम्पन्न गरेको खानी तथा भूर्गभ विभागका अन्वेषण अधिकृत डा. गणेशनाथ त्रिपाठीले बताउनुभयो।

डा. त्रिपाठीका अनुसार बाँकी रहेका तीनवटा लाइनको काम फागुनको दोस्रो सातासम्म सक्ने गरी चिनियाँ प्राविधिक टोलीले काम गरिरहेको छ।

दैलेखको पूर्वि भूभागमा साइस्मिक सर्भेको काम सम्मपन्न भएपछि चिनियाँ प्राविधिक टोलीले अहिले दुल्लु नगरपालिका-८ दुल्लु संग्रालयनजिकै क्याम्प राखेर पश्चिम क्षेत्रमा अन्वेषणको काम गर्दै आएको छ।

अहिले चिनियाँ प्राविधिक टोलीले दैलेखका भैरवी गाउँपालिकाका केही भूभाग दुल्लु नगपालिकाका केही क्षेत्रलगायत डुंगेश्गा गाउँपालिका केही भूभाग र नारायण नगरपालिकाका क्षेत्रलाई आधार मानी पेटोलियम पदार्थ अन्वेषणको काम गर्दै आएको छ।

पेट्रोलिम पदार्थ अन्वेषणका लागि चीन सरकारले दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोग गर्ने उल्लखे छ।

 

 

Share.

About Author

Leave A Reply