सागर थापासहित ६ जनाले पाए सर्वोच्चबाट सफाइ।

0

असार २ खेल मिलेमतोको आरोपमा राज्यविरुद्धको अपराधको मुद्दा लागेका राष्ट्रिय टिमका तत्कालिन कप्तान कप्तान सागर थापासहित ६ जनाले सर्वोच्च अदालतबाट सफाइ पाएका छन।

सर्वोच्च अदालतले आज म्याच फिक्सिङको आरोपमा मुद्धा खेपिरहेका थापा सहित ६ जना फुटबरलाई सफाई दिएको हो।

सर्वोच्चका न्यायाधीसद्धय आनन्द मोहन भट्टराई र बम कुमार श्रेष्ठको संयुक्त ईजलासले विशेष अदालतको निर्णयलाई सदर गरेको हो।

सर्वोच्चका अदालतका प्रवक्ता भद्रकाली पोखरेलले यसअघि बिशेष अदालतले गरेको निर्णयलाई सर्वोच्चले सदर गरेको बताउनुभयो।

सर्वोच्चको फैसलासंगै सागरसहित सन्दीप राई, विकाससिंह क्षेत्री, रितेश थापा, प्रशिक्षक तथा पूर्व खेलाडी अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापाले कानुनी रुपमा अन्तिम सफाइ पाउनुभएको छ।

अदालतले सफाई दिए पनि एसियाली फुटबल महासंघ एएफसीको अनुशासन समितिले भने म्याच फिक्सिङमा संलग्न सबैलाई २०७२ मंसिरबाट आजीवन प्रतिबन्ध लगाईसकेको छ।

यसअघि विशेष अदालतले २०७५ जेठ २४ गते अभियोगमा निर्दोष रहेको ठहर गर्दै उनीहरुलाई सफाइ दिएको थियो।

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले सागरसहित ६ जनालाई २०७२ असोज २७ गते पक्राउ गरेको हो।

त्यसपछि कात्तिक २२ गते राज्यविरुद्धको अपराध गरेको भन्दै उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको थियो।

सन् २००८ देखि २०१२ सम्मका थुप्रै अन्तर्राष्ट्रिय, मैत्रीपूर्ण खेलमा म्याच फिक्सिङमा संलग्न भएको आरोप उनीहरु माथि रहेको छ।

 

 

Share.

About Author

Leave A Reply