सात प्रदेश मध्ये सबैभन्दा पहिला प्रदेश नम्बर ३ को अधिवेशन हेटौंडामा बस्यो

0

माघ–१९।सात वटा प्रदेश मध्य सबैभन्दा पहिला प्रदेस नम्बर–३ प्रदेशसभाको पहिलो अधिवेसन हिजोबाट सुरु भएको छ।ज्येष्ठ सदस्य डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकमा विभिन्न दलका सांसदहरुले जनादेशबमोजिम स्थायित्व र सुशासनकालागि सबै एकजुट हुन आह्वान गरेका छन्।प्रदेश प्रमुख अनुराधा कोइरालाबाट प्राप्त पहिलो अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएपछि दलका सांसदहरुले दलीय प्रतिनिधित्वका आधारमा मन्तव्य राखेका हुन।बैठकले प्रदेशसभा सन्चालन नियमावली नबनेसम्मकालागि दलीय सहमतिका आधारमा तयार गरिएको प्रदेशसभा कार्यसन्चालन अन्तरिम कार्यविधि,सर्वसम्मतिले पारित गरेको छ।यस्तै बैठकले प्रदेशसभाको अन्तरिम सभामुखको निर्वाचनकालागि यही माघ २७ गते मिति तय गरेको छ।प्रदेशसभाको अर्का बैठक यही माघ २७ गते सोमबार दिउँसो ३ बजे बस्नेछ।१३ जिल्लाका ११० सदस्यीय सांसद रहेकाले यो सातैवटा प्रदेशमध्ये सबैभन्दा ठूलो प्रदेशसभा बनेको छ।यो प्रदेशसभामा एमालेको बहुमत छ भने कांग्रेस, माओवादी,विवेकशील साझा, नयाँशक्ति, राष्ट्रिय प्रजान्त्र पार्टी, नेपाल मजदुर किसान र राप्रपा प्रजातान्त्रिक समेत ८ दलको प्रतिनिधित्व छ।यसैगरी अरु प्रदेसमा पनि बैठककोलागि धमाधम तयारी चलिरहेको छ।प्रदेस नम्बर ५ ,६ र ७ को बैठक यहि २१ गते बस्दैछ।

Share.

About Author

Leave A Reply