सापकोटालाई सभामुख बनाउने सहमति ।

0

माघ- ६ ।सत्तारुढ नेपाल कम्युनिष्ट नेकपाले नेता अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ।

हिजो साँझ बसेको सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय सर्वसम्मत गरेको हो।

यसअघि बिहान अध्यक्षद्वबीच भएको भेटमा नेता सापकोटालाई सभामुख बनाउने सहमति भएको थियो।

अध्यक्षद्वयबीच भएको सहमतिलाई सचिवालय बैठकले सर्वसम्मत निर्णय गरेको पार्टीका महासचिव विष्णु पौडेलले बताउनुभयो।

प्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष ओलीले सुवास नेम्वाङलाई सभामुखका लागि अघि सारेको भए पनि अर्का अध्यक्ष प्रचण्डले सभामुख पूर्वमाओवादीबाटै हुनुपर्ने अडान लिएपछि नेता सापकोटाको नाममा सहमति जुटेको हो।

नेकपाबाटै उपसभामुख बन्नुभएकी शिवमाया तुम्बाहाङ्फेले पार्टीले सभामुखको उम्मेदवार टुंगो नलगाएसम्म राजीनामा नदिने अडान लिएपछि नेकपाले आज सभामुखको टुंगो लगाएको हो।

सभामुखको टुंगो लागेसँगै अब उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिनुहुने छ।

नेकपाले सभामुखको उम्मेदवार टुंगो नलाग्दा संसद बैठक एक महिनादेखि लगातार सूचना टाँस गरेर स्थगित हुँदै आएको छ।

पुस ४ गते सुरु भएको संसदको हिउँदे अधिवेशन त्यसपछि बैठक नै नबसी स्थगित हुँदै आएको हो।

यस्तै संसद बैठक आज बस्ने भएको छ।

संसद बैठकमा सभामुख चयन प्रकृया अघि बढ्ने छ ।

Share.

About Author

Leave A Reply