साफ च्याम्पियनसिपमा नेपाल पराजित।

0

भदौ २०  ।उपाधि जित्ने लक्ष्यसहित साफ च्याम्पियनसिप खेल्न बंगलादेश पुगेको नेपाली टोली पराजित भएको छ।अतिरिक्त समयमा नेपालली खेलाडीहरु सम्हालिन नसक्दा पाकिस्तानलाई २–१ को नजिता सुम्पिन बाध्य भयो।बंगलादेशको बंगबन्धु स्टेडियममा पाकिस्तानविरुद्ध नेपालले १–० ले पछि परेको नतिजालाई उल्ट्याएको थियो।खेलको ३५ औं मिनेटमा नेपालका विराज मजर्हनले डी बक्स भित्र फल गरे पछि पाकिस्तानले पाएको पेनाल्टी गोलमा परिणत गरेको हो।पाकिस्तानका मोहम्द रियाजले पेनाल्टी मार्फत गोल गर्दै शुरुआती अग्रता दिलाउनु भयो ।पहिलो हाफमा १–० गोलले पछि परेको नेपालले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरे पनि बराबरी गोल गर्न ८२ औं मिनेट कुर्नु परेको।८२ औं मिनेटमा निराजन खड्काको पासमा विमल घर्तिमगरले नेपालका लागि बराबरी गोल गर्नुभयो। तर अन्तिम समयमा नेपालले आफूलाई सम्हाल्न नसक्दा पराजीत हुन पुग्यो।पाकिस्तानका लागि मोहम्द अलिले खेल सकिन केही सेकेण्डमात्र बाँकी रहेका बेला निर्णायक गोल गर्नुभयो।निर्धारित समय भरि नेपालले आज एउटा मात्रै पहेँलो कार्ड पायो भने पाकिस्तानले २ वटा पहेँलो कार्ड पाएको थियो।नेपालले अब भोली भुटानसँग प्रतिस्पर्धा गर्ने छ ।

Share.

About Author

Leave A Reply