सामुदायिक विद्यालयकाे अवस्था सुधार्न वार्षिक शैक्षिक निति बनाउनु पर्नेमा जोड।

0

साउन २६ सुर्खेत।ग्रामिण भेगका सामुदायिक विधालयको भौतिक संरचना सुधार गर्नुपर्नेमा स्थानीय तहका जनप्रतिनिधीहरुले जोड दिएका छन् ।जनप्रतिनिधीहरुले आफ्नो स्थानीय तह भित्र पर्ने विधालय भौतीक संरचनाका हिसाबले अत्यन्तै कमजोर अवस्थामा रहेको भन्दै भौतिक संरचना सुधार्नु पर्नेमा जोड दिएका हुन् ।वीरेन्द्रनगरमा भएको अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छबिलाल सिग्देलले विधालयको गुणस्तर सुधारकालागि जनप्रतिनिधी अझै गम्भीर बन्न नसकेको बताउनु भयो ।उहाँले गाउ नगरका विधालयको अनुगमन गरेर सुधार गर्न निर्देशन दिने काम पनि जनप्रतिनिधीले नगरेको भन्दै वार्षिक रुपमा शैक्षिक निति बनाएर काम गर्न निर्देशन दिनु भयो ।पंचपुरी नगरपालिकामा प्रमुख उपेन्द्र थापाले नगरका अधिकांश सामुदायिक विधालय पानी पर्दा चुहिने, हावा लाग्दा छानो उडाउने समस्यामा रहेको गुनासो गर्नुभयो ।उहाँले विधालयको भवन र कक्षाकोठाको वातावरणले पठनपाठनमा समस्या हुने भन्दै यसलाई सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।उहाँले गाउँ नगर भित्रका विधालयमा निजि स्रोतबाट शिक्षण गराईरहेका शिक्षकहरुको व्यवस्थापनका लागि स्पष्ट व्यवस्था नहुँदा समस्या भईरहेको गुनासो गर्नुभयो ।वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले एकातिर स्थानीय सरकारलाई आवश्यक निति बन्न नसक्दा समस्या भईरहेको र अर्कोतिर भएका निति पनि व्यावहारिक रूपमा कार्यान्वयन नहुँदा पनि सामुदायिक विद्यालयको स्तर खस्कँदा स्थानीय तह मुकदर्शक भएर बस्नुपर्ने स्थिति रहेको उल्लेख गर्नुभयो ।उहाँले अहिले संघिय, प्रदेश सरकार र स्थानीय तहका नितिले विधायलको गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्ने तयारी गरेको जानकारी दिुनभयो ।उपप्रमुख ढकालले विधालयको भौतिक संरचना सुधारका लागि बजेट अभाव हुँदा समस्या भएको बताउनुभयो।शिक्षा विकास समन्वय ईकाई सुर्खेतका उपसचिव जितबहादुर शाहले स्थानीय तहले विद्यालयहरूमा विषयगत शिक्षक व्यवस्था गर्ने, र विद्यार्थी शिक्षक अनुपात मिलाएर विधालय गाभ्ने काममा लाग्न आग्रह गर्नुभयो।

Share.

About Author

Leave A Reply