सारङ्गी बाजा लोप हुदै(रिपोट सहित)

0

मधुवन बीसी सुर्खेत-यसरी गाँउदै र बजाउदै हिड्ने सारङग्रीदार्इहरु हिजो आज गाँउ शहरमा देखिन्न छाडेका छन।आकल झुक्ल देखिने यस्ता सारङगी बादकहरु आफ्नो पेशामा अडिन नस्कनु नै मुख्य समस्या भएको छ। सुर्खेतका गोरे गन्र्धव सारङ्गीको साथमा गाउने यो गित हिजो आज मनमनै सुसेल्न बाध्य हुनु भएको छ। १२ बर्षको उमेर देखि सारङगी बजाउदै आउनु भएका गोरे गन्दर्भ अहिले ६९ बर्ष पुग्गी सक्नु भयो। उहाँलार्इ अहिले पनि सारङगी बजाउने रहर मेटिएको छैन।

आफ्नो पुर्खौली पेशा जोगाउन कै लागि सारङ्गी रेटेर हिडदै गर्दा संयोगले भेटिनु भएका गन्दर्भले सारङ्गी रेटेर जीवन चलाउनै मुस्किल परेको दुखेसो पोख्नु भयो।

आधुनिक प्रविधिको बिकास संगै सारङ्गी रेटेर जिविकोपार्जन गर्ने पेशा लोप हुने अवस्थामा पुगेको छ।

अहिलेका युवायुवतीमा यो पेशाप्रति लगात नदेखिएकाले आफुहरुको पेशा लोप हुन लागेको  भन्दै चिन्ता व्यक्त गर्नु भयो।

समाजमा हुने जातीय विभेद, तथा हत्या, हिंसा, लगायत समसामायिक बिषयबस्तुमा आधारित रहेर गन्र्धव जातीले गितको माध्यमबाट समाजमा चेतना फैलाउने काम गर्दथे।

तर हिजो आज राजनितिक परिर्वतन संगै फेरीएको व्यवस्थाले यि सबै गित संगित हराउदै गएको उहाँको भनाई छ।

गन्धर्ब समुदाय नेपालमा सांगितिक समाचार बाचकको रुपमा परिचित थिए।

कुनै समय देशमा घटेको घटनालाइ टपक्क टिपेर गित बनाएर सुनाउदै हिड्ने यी साँगितिक समाचार बाचकहरुको भरमा दुनियाँले घट्ना थाहा पाउंथे।

हिजोआज रेडियो टेलिभिजन पत्रपत्रीका र अन्य सन्चार माध्यमका कारण सारङ्गी बाधकहरु ओझेलमा परेका छन।

तर समाजको ईतिहास बताउनेहरु कै अहिले ईतिहास अर्कैले बताइदिन पर्ने अबस्था सम्म आएको छ।

सुर्खेतका विभिन्न ठाँउमा गन्दर्भहरु बसोबास गर्ने गरे ता पनि अहिले कसैले पनि सारङगी बजाउदै हिड्दैन।

‘पुर्खाले सारङ्गी बजाएर गाउँ डुलेर खाने काम गरे, सम्पत्ति जमाउन सकेनन्।

उहाँले भन्नुभयो कतिले पुख्र्यौली पेशा नै परिर्वतन गरे त पेशा धानेकाहरु पनि राजधानी वा शहर केन्द्रित भएका छन्।

धेरैले पेशा परिर्वतन गरेपनि सुर्खेतमा आफुले पुख्र्यौली पेशालाई चटक्कै माया मार्न नसकेको उहाँको भनार्इ छ।

सारङ्गी बजाउने कला र आफ्नो गला बेचेर बिहान बेलुकाको छाक टार्ने उहाँलार्इ अहिलेका युवाहरुले यो पेशा छोडेको कत्ती मन परेको छैन।

नेपालमा साँस्कृति झल्कने सारङग्रीको संरक्षण गर्न अहिले सबैक्षेत्रको भुमिका खड्किएको छ।

त्यसैले यसको संरक्षणमा लाग्न सबैको आबश्यकता देखिन्छ।

Share.

About Author

Leave A Reply