सिता एयरले सुर्खेतबाट बिरामी लिएर काठमाडौंकालागी दुइ दुइवटा चार्टर उडान गर्यो।

0

सुर्खेत जेठ ८, सिता एयरले आज सुर्खेतको बीरेन्द्रनगरबाट बिरामी लिएर काठमाडौंकालाग दुइ दुइवटा  चार्टर उडान गरेको छ।

बीरेन्द्रनगर १२ का खुसवराज आचार्यले आफ्ना बिरामी श्रीमतिको उपचारकालागि जिल्ला प्रशासन कार्यालय सुर्खेतसंग मागेको हवाइ उडानको अनुमति अनुसार उडान गरेको हो।

आचार्यले आफ्ना श्रीमति इश्वरा आचार्य मस्तिष्कघात सम्बन्धि बिरामी भएकाले थप उपचारकालागि काठमाडौं लैजानु पर्ने भन्दै हवाइ जहाजमा काठमाडौं लैजान अनुमति मागेको बताउनु भयो।

देउति अस्पतालमा उपचार भइरहेकोमा अस्पतालले थप उपचारकालागि काठमाडौं पठाउन रेफर गरेको आचार्यले आफैले भाडा तिर्नेगरी बिरामी सहित आफू र दुइ छोरा छोरी गरी चारजना जान पाउने गरी अनुमति माग्नु भएको हो।

यस्तै हिजो डोल्पामा टेक्कर दुर्घटना परी घाइत भएका मध्य तीन जनालाइ पनि अर्को उडानमा काठमाडौं पठाएको सीता एयरका मनोज भारतीले जानकारी दिनुभयो।

हिजो उनीहरुलाइ माउन्टेन एयरको हेलिक्टरले उद्दार गरि सुर्खेत ल्याएको हो।

प्रदेस अस्पतालमा उपचार पछि थप उपचारकालागि उनीहरुलाइ काठमाडौं लगिएको हो।

Share.

About Author

Leave A Reply