सुदूरपश्चिमलाई हराउँदै प्रदेश तिन सेमिफाइनलमा प्रबेश।

0

जेठ-२० सुर्खेत।प्रदेश नम्बर ३ प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।मूलपानी मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले हराउँदै प्रदेश ३ ले अन्तिम चारको यात्रा पक्का गरेको हो।प्रदेश ३ ले चार खेलबाट ६ अंक बनाएको छ भने रनरेटमा अघि रहँदै प्रदेश ३ समूह ए को विजेताका रुपमा सेमिफाइनलमा पुगेको छ।राष्ट्रिय टिमका कप्तान पारस खड्काको नेतृत्वमा रहेको प्रदेश ३ ले सुदूरपश्चिमले दिएको १५५ रनको सामान्य लक्ष्य ३३ दशमलव २ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो।प्रदेश ३ को जितमा इशान पाण्डेले ५३ रनको योगदान दिनुभयो भने अदिल खानले अविजित ३३ रन बनाउनुभयो।यसअघि टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको सुदूरपश्चिमले ४५ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनाएको थियो।उसका लागि खडक बोहराले सर्वाधिक ४० रन बनाए भने रोशन अधिकारीले २७ र नरेश बोहराले २६ रन जोडेनुभयो।सुदूरपश्चिमको ब्याटिङलाई सस्तैमा समेट्नका लागि सूर्य तामाङले तीन विकेट लिनुभयो भने प्रतिश जिसी र जितेन्द्र सिंह ठकुरीले समान दुई/दुई विकेट लिनुभयो।

Share.

About Author

Leave A Reply