सुर्खेतका तत्कालिन जिल्ला पञ्चायत सभापति ओमबहादुर जिसीको निधन ।

0

कार्तिक १०,सुर्खेत-

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला तत्कालिन जिल्ला पञ्चायत सभापति ओमबहादुर जिसीको निधन भएको छ।

७४ वर्षीय जिसीको हिजो बेलुका सुर्खेतको वीरेन्द्रनगरस्थित आफ्नै निवासमा निधन भएको हो।

जिसी २०३८ सालदेखी २०४६ सम्म गरी दुइ कार्यकाल सुर्खेतको जिल्ला पञ्चायत सभापति बन्नु भएको थियो भने जिल्ला शिक्षा समितिका अध्यक्ष समेत हुनुहुन्थ्यो।

केही समययता स्वास्थ समस्या देखिएपछि जिसी राजनितिक र सामाजिक कार्यबाट निस्कृय हुनुहुन्थ्यो।

समाजसेवीको रुपमा समेत परिचित जिसीले बीरेन्द्रनगरको तत्कालिन पब्लिक हाईस्कुलको शिक्षक तथा विद्यालय सञ्चालन समितिको अध्यक्ष भएर पनि काम गर्नुभएको हो।

जिसीका एक छोरा तिन छोरी र श्रीमती हुनुहन्छ

जिसीको आजै अन्त्यस्टी गरिने बतार्इएको छ।

Share.

About Author

Leave A Reply