सुर्खेतका सरकारी कार्यालयको अनुगमनः जिम्मेवार निकायहरुनै सुचना दिन किन अन्कनाउने गरेको गुनासोः

0

पुस १२ सुर्खेत-जनतासंग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालय नै सुचना दिन आलटाल गर्ने गरेको पाएको छ।
राष्ट्रिय सूचना आयोगको टोलीले आज सुर्खेतका ७ वटा सरकारी कार्यलयको अवलोकन गर्दा यस्तो पाएको हो।
आयोगले अझै पनि कतिपय कार्यलयहरुले सुचना सम्बन्धि व्यस्थित कार्यविधि नबनाएको जनाएको छ।
सेवाग्राहीको चाप बढी हुने कार्यालयले सुचना प्रणाली व्यवस्थापन हुन नसको भन्दै कार्यलयलार्इ व्यस्बस्थित तरिकाले सुचना उपलब्ध गराउन आग्रह गरेको छ।
अनुगमनको क्रममा कार्यालयमा सूचना दिने व्यक्तिको विवरण,नागारिक वडापत्र अनिबार्य राख्न कार्यलयहरुलार्इ सुझाव दिएको छ।
अनुगमनको क्रममा सबैभन्दा धेरैसेवा ग्रहायी पुग्ने मालपोत कार्यालयमा सुचना प्रबिधि सम्बन्धी अस्तव्स्त रहेको पाएको राष्ट्रिय सूचना आयोगका आयुक्त किरणक पोखरेलले बताउनु भयो।
उहाँ कार्यालयले प्रभावकारी रुपमा सूचना प्रवाह गर्नुपर्ने, कार्यालय प्रमुखले तत्काल सूचना अधिकारीको फल्यास वोर्ड राखेर सूचनालाई प्रभावकारी बनाउन सुझाँब दिनुभयो।
आयोगले सुर्खेतका १० वटा कार्यलयको अनुगमन गर्ने भन्दै आज ७ वटा कार्यलयको अनुगमन गरिसको र भोली बाँकी ३ वटा कार्यलयको अनुगमन गर्ने जनाएको छ।
आयोगले मालपोत, जिल्ला प्रशासन, महिला तथा बालबालिका कार्यालय, जिल्ला कृषि, जिल्ला जनस्वास्थ्य, जिल्ला प्राविधिक, जिल्ला समन्वय समिति, वन लगायत कार्यालयहरुको अनुगमन गर्ने जनाएको छ।

Share.

About Author

Leave A Reply