सुर्खेतका ८ राजनितिक दलद्वारा सम्बन्धन प्रक्रिया तत्काल रोक्न मध्यपश्चिम बिश्वबिद्यालयलार्इ आग्रह।

0

साउन–२७ सुर्खेत।सुर्खेतका ८ राजनीतिक दलहरुले मध्यपश्चिमाञ्चल बिश्वविद्यालयले बिभिन्न निजी शैक्षिक संस्थालाई संम्बन्धन दिन लागेकोमा विरोध गर्दै यसलार्इ रोक्न आग्रह गरेका छन।८ दलले संयुक्त बिज्ञप्ती निकालेर यस क्षेत्रका १८ वटा शैक्षिक आंगिकता दिने निर्णय कार्यान्वयन नभएको बेला बाहिरका निजि शैक्षिक संस्थालाई संम्बन्धन दिनु मर्यादा विपरित हुने बताएका छन।उनीहरूले सम्बन्धन प्रकृया खारेज गर्नुपर्ने माग गर्दे आन्दोलन चलिरहेको र प्राध्यापक,नागरिक समाज,पूर्व डिन,भवन निमार्ण अनुगमन समिती लगायतका बिभिन्न क्षेत्र सम्बन्धनको विपक्षमा रहेको बेला भावना विपरित दिन लागीएको भन्दै सम्बन्धन रोक्न माग गरेका छन।नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टि,राष्ट्रिय जनमोर्चा,नेकपा क्रान्तिकारी माओवादी,नेपाल कम्युनिष्ट पार्टि,समाजवादी जनता पार्टि र नेपाल लोकतान्त्रिक फोरमले संयुक्त विज्ञप्ती जारी गर्दै भूगोल भन्दा बाहिर गएर व्यापारिक संस्थालाई सम्बन्धन दिदा शैक्षिक मर्यादा विपरित हुने भन्दै खारेजिको माग गरेका छन।यसअघि मध्यपश्चिम भवन निमार्ण अनुगमन समितीका संयोजक देवेन्द्र बिसी,सदस्य गोविन्दप्रसाद सुवेदी,पूर्व डिन पिताम्बर ढकाल र वीरेन्द्रनगर ६ का पूर्णप्रसाद पौडेलले संयुक्त विज्ञप्ती मार्फत नियम बिपरित दिन लागीएको सम्बन्धन रोक्न माग गर्नुभएको थियो।विश्वविद्यालयको संचालन नेपाल सरकारको दायित्वभित्र पर्ने पदाधिकारीहरु कर्तव्यनिष्ट,इमान्दार र पारदर्शि भएमा सरकारवाट जति पनि अनुदान प्राप्त हुने भएकाले सम्बन्धन दिनुको औचित्य नरहेको विज्ञप्ती मार्फत बताईएको छ।यता मध्यपश्चिम बिश्वविद्यालय प्रशासनले भने विश्वविद्यालयलाई आत्मानिर्भर बनाउँन सम्बन्धन प्रकृया अघि बढाउँनु परेको बताएको छ।

Share.

About Author

Leave A Reply