सुर्खेतका ९ तह मध्य पाँचमा का्ग्रेसको जितःएमाले ३ ठाउमा बिजयीःवीरेन्द्रनगरमा कांग्रेसको अग्रता

0

सुर्खेत जेठ ५ – सुर्खेतका ९ वटा स्थानिय तह मध्य आठ वटा तहको मत गणना सकिएको छ।
कांग्रेसले तीन नगरपालिका र दुर्इ गाउँपालिकामा जित हात पारेको छ भने एमालेले एक नगरपालिका र दुर्इ गाउँ पालिका जितेको छ।
पछिल्लो विवरण अनुसार भेरीगंगा नगरपालिकाको प्रमुखमा कांग्रेसका भुपेन्द्रबहादुर चन्द र उपप्रमुखमाकांग्रेस रेणु ढकाल कांग्रेस विजयी हुनुभएको छ।
चन्द्र सात हजार ५ सय ४३ मत सहित बिजयी हुदाँ एमालेका यज्ञप्रसाद ढकालले ७ हजार ३८४र माओवादी केन्द्रका कृष्णप्रसाद गिरीले एक हजार ६ सय ३७ मत पाउनु भएको छ।
यसैगरी उपमेयरमा कांग्रेसका रेणु आचार्य ढकाल ७ हजार ५ सय ७४ मत सहित विजयी हुदाँ एमालेका चन्द्रा आचार्यले ७ हजार २९७ र माओवादी केन्द्रका डिलसरा थापा एक हजार ५ सय ८८ मत पाउनु भएको छ।
यस्तै चौकुने गाउँपालिकाको अध्यक्षमा एमालेका धीरबहादुर शाही ३२ सय ४२ मत ल्याएर बिजयी हुनुभएको छ।
माओवादी केन्द्रका खड्क विवस बासपानेले २७ सय ४५ तथा कांग्रेसका गजराज जोशीले २२ सय ५० मत प्राप्त गर्नुभएको छ ।
उपाध्यक्षमा पनि एमालेकै निर्मला रानामगर एमाले ३३सय ५७ मत ल्याएर बिजयी भएको निर्वाचन अधिकृत धुव्रराज कुर्इकेलले जानकारी दिनुभयो।
माओवादी केन्द्रका विमला जिसीले २३ सय १५ तथा कांग्रेसका रेणु रानाले २१सय ९४ मत पाउनु भएको छ।
यता पश्चिम सुर्खेतमा रहेको पञ्चपुरी नगरपालिका नेपाली काँग्रेस वियजी भएको छ।
काँग्रेसका मेयरका उमेरद्वार उपेन्द्रबहादुर थापाले ५ हजार १ सय ३४ मत ल्याएर विजयी हुनुभएको हो।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मनबहादुर कामीले ४ हजार ७ सय ३२ मत पाउनु भएको छ।
उपमेयरमा पनि काँग्रेसकै मुक्तिदेवी रेग्मी पुरीले जित हासिल गर्नु भएको छ।
उहाँले ५ हजार २ सय ४ मत ल्याउनु भएको छ।

Share.

About Author

Leave A Reply