सुर्खेतका ९ मध्य चार तहमा मतगणना सम्पन्नः

0

जेठ ४ सुर्खेत-सुर्खेतका ९ वटा स्थानिय तह मध्य एउटा नगरपालिका र तिन वटा गाउँपालिकाको मतगणना सकिएको छ।
लेकबेशी नगरपालिकाको मेयरमा ५३ सय १७ मत प्राप्त गरि नेकपा एमालेका गगन सिंह सुनार बिजयी हुनुभएको छ ।
उपमेयरमा पनि एमाले कै शान्तीकुमारी छन्त्याल विजयी हुनुभएको छ ।
सिम्ता गाँउपालीकाको अध्यक्षमा एमालेका कविन्द्र केसी ५हजार ३सय ५५ मतका साथ बिजयी हुनु भएको छ।
नेपाली कांग्रेसका खड्क पोखरेल ४ हजार ६ सय ४ मत पाउनु भयो भने माओबादीका झुपबहादुर बुढाले ६६४ मत पाउनु भएको छ।
९ वटा वडा रहेको सिम्तामा १,३,४,५,६,८ मा एमालले जितेको छ भने २,७,९ मा कांग्रेसले जित हात पारेको छ।
बराहताल गाउपालिका अध्यक्षमा नेपाली काङ्ग्रेसका तेजबहादुर बस्नेत ३२सय २१ ल्याइ बिजयी हुनुभएको छ ।
यस्तै नेकपा एमालेका तारा केशर गौतम २९ सय ६४ र माओवादीका केन्द्रका बल बहादुर कठायतले १९ सय ८४ मत पाउनुभएको छ।
उपाध्यक्ष कांग्रेसका शोभा कुमारी शर्माले ३३सय २२ एमालेका आशा थापाले ३२ सय र माओवादीका केन्द्रका गोमा गुरूङले १९सय मत पाउनु भएको छ।
यस्तै चिङगाड गाउँपालिकाको अध्यक्षमा कांग्रेसले दुर्इ हजार ९४९ मत सहसत बिजयी हुदाँ एमालेले दुर्इ हजार ३ सय ८५ र माओवादी केन्द्र १७ सय २१ तथा राप्रपाले ३१ मत पाएका छन।
यसैगरी उपाध्यक्षमा कांग्रेसले दुर्इ हजार ८ सय ७७ त सहित निर्वाचित हुदाँ एमाले दुर्इ हजार ४ सय १४ माओवादी केन्द्र १५ सय १९ तथा राप्रपाले २५ मत पाएका छन।

Share.

About Author

Leave A Reply