सुर्खेतका ९ वटै स्थानीय तहका सबै वडामा स्वास्थ्य बीमा कार्यक्रम सुरू।

0

असोज–७ सुर्खेत।सुर्खेतका ९ वटै स्थानीय तहका सबै ९९ वडामा स्वास्थ्य बिमा कार्यक्रम लागु भएको छ।बिमा कार्यक्रमको वीरेन्द्रनगरमा एक कार्यक्रमका बिच शुभारम्भमा गर्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकूमार सुवेदिले पहिलो स्वास्थ्य बिमा सदस्यता लिनु भएको छ।स्वास्थ्य बिमा कार्यक्रमको सदस्य बन्न चाहानेका लागी ५ जनाको परिवारले बार्षिक रूपमा प्रति परिवार २५ सय रूपैया तिर्नुपर्नेछ भने ५ जनाभन्दा बढी सदस्य भएमा प्रति थप सदस्यको लागी ४ सय २५ थप रकम लाग्ने बतार्इएको छ।स्वास्थ्य बिमा गरेपछी ५ जना सम्मको परिवारले आवश्यक पर्दा बार्षिक ५० हजार रूपैया सम्मको सेवा उपभोग गर्न पाउँनेछन भने थप सदस्य भएमा १० हजार थपिने र त्यसको अधिकतम सिमा १ लाख रूपैया सम्म हुने सामाजिक स्वास्थ्य सुरक्षा बिकास समितीले जनाएको छ।विमा कार्यक्रम शुरु भएसँगै मध्यपश्चिम क्षेत्रीय अस्पताल, मेहेलकुना अस्पताल, अवलचिङ प्राथमिक स्वास्थ्य केन्द्र, दशरथपुर प्राथमिक स्वास्थ्य केन्द्र र सालकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्य सेवा लिन सकिनेछ।सुर्खेतका ९९ वडामा प्रति वडा १ जना दर्ता सहयोगी राखेर सेवा प्रदान गर्ने बताईएको छ।कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक छविलाल सिग्देलले स्वास्थ्य विमा कार्यक्रम सुर्खेतमा लागु भएकोमा खुसी व्यक्त गर्दै सबैले स्वास्थ बिमा गराउँनु पर्ने बताउँनु भयो।त्यस्तै, नगरप्रमुख सुवेदीले पनि सबैभन्दा ठुलो धन भनेकै स्वास्थ्य भएको भन्दै स्वस्थ जीबनका लागि अनावश्यक गरिने खर्च बचाएर विमा गराउन अनिवार्य भएको बताउनुभयो।नेपालको संविधान २०७२ को धारा ५१ (ज) को राज्यको नीति अन्र्तगत नागरिकलाई स्वास्थ्य उपचारमा पहुँच पुर्याउने उद्देश्यका साथ सुर्खेतमा पनि स्वास्थ्य बीमा कार्यक्रम लागु गरिएको हो।यसअघि १५ वटा जिल्लामा लागु भएको स्वास्थ्य बिमा कार्यक्रम यस पटक सुर्खेत,बर्दिया र रोल्पा सहित ७ जिल्लामा लागु भएको हो।नेपाली जनताको समग्र स्वास्थ स्थितीमा सुधार गर्ने दिर्घकालिन लक्ष्यका साथ सरकारले आर्थिक बर्ष २०७२/७३ मा कैलाली,वाग्लुङ र इलामवाट यो कार्यक्रमको थालनी गरेको थियो।

Share.

About Author

Leave A Reply