सुर्खेतको जामुने बजारमा अस्थायी रुपमा खानेपानी संचालनमा।

0

कार्तिक ५,सुर्खेत खानेपानिको अभाव झेल्दै आएका सुर्खेतको सिम्ता गाँउपालिका जामुनेबजारका स्थानियहरुलाइ अस्थाइ रुपमै भएपनि खानेपानी वितरण गरिएको छ।

यसअघि त्यसक्षेत्रका नागरिक खानेपानीको लागि झन्डै दुइ किलोमिटरको दुरीमा रहेको गोजीखोलाको पानी प्रयोग गर्दै आएका थिए।

पन्चबर्षे योजनामा रहेको आयोजनालाइ गाँउपालिकाले तत्कालको अस्थाइ रुपमै भएपनि खानेपानी उपल्बध गराएको जनाएको छ।

अहिले स्थानिय गोजिबजारबाट पाइपलाइन मार्फत जामुनेबजारमा खानेपानि ल्यार्इएको गाँउपालिकाले जनाएको छ।

एक घर एक धारा अभियान सहित थालिएको खानेपानी आयोजना अन्तरगत पहिलो चरणमा गाँउपालिकाको केन्द्र समेत रहेको जामुनेबजारमा वितरण गरिएको छ।

झन्डै ३० लाखको लागतमा निर्माण भएको पहिलो चरणको खानेपानी योजनाबाट त्यसक्षेत्रका एक सय ५० घर लाभान्वित भएको गाँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले जानकारी दिनुभयो।

योजना सम्पन्न हुन अझै केही बर्ष लाग्ने भएकाले अस्थाइ रुपमै भएपनि खानेपानी वितरण गरिएको अभ्यक्ष केसीले बताउनुभयो।

गाँउपालिकाले दर्घकालिन योजनामा लिएको खानेपानी गाँउपालिकाको वडा नम्बर ६ को जामुनेबाजर संगै राकममा पनि वितरण गर्ने लक्ष्य लिएको छ।

खानेपानी आयोजना तिन बर्ष भित्र सक्ने लक्ष्य लिएको गाँउपालिकाका अध्यक्ष केसीको भनार्इ छ।

उहाँले गोजिखोलाको पानीलाइ लिफ्टमार्फत स्थानिय नागरिकको घरघरमा पुराइने उहाँले जानकारी दिनुभयो।

अहिले क्वाटरघर, रिजर्भ ट्याङकी, पाइपलाइ विस्तारको काम सकिएको अध्यक्ष केसीले बताउनुभयो।

खानेपानीको समस्या झेल्दै आएका त्यसक्षेत्रका नागरिक यो आयोजना सम्पन्न भएपछि भेरीको पानी र टाढा जानुपर्ने बाध्यता अन्त्य हुने छ।

Share.

About Author

Leave A Reply