सुर्खेतमा अहिलेसम्मकै बढी पुरस्कार राशीको कर्णाली प्रिमियर लिग क्रिकेट हुने

0

चैत–६सुर्खेत।कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आगामी वैशाखमा अहिलेसम्कै सर्वाधिक पुरस्का राशीको किक्रेट प्रतियोगिता हुने भएको छ।आउँदो बैशाख ४ देखि १५ गतेसम्म कर्णाली प्रिमियर लिग केपिएल टी–२० क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको हो।प्रतियोगितामा ७ वटै प्रदेशका प्रदेशस्तरीय टिमका साथै ३ वटा विभागिय टिमले सहभागिता हुने भएको छ।बन्धुविकास सहकारी संस्था लिमिटेड सुर्खेतले प्रतियोगीता संचालन गर्न लागेको हो ।बन्धुविकास सहकारीका उपाध्यक्ष एवम् क्रिकेट प्रतियोगिताका संयोजक रेशम शाहीले धनगढीमा आयोजना हुने डिपिएलको समापन लगत्तै कर्णाली प्रिमियर लिग आयोजना गर्न लागिएको बताउनु भयो।प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजारसहित ट्रफि हात पार्ने उहाँको भनार्इ छ।यस्तै प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी २५ हजार, उत्कृष्ट ब्याटस्म्यान र उत्कृष्ट बलरले नगद १०÷१० हजार पाउने छन।प्रतियोगितामा समन्वय गरिरहेको सुर्खेत जिल्ला क्रिकेट संघका अध्यक्ष श्रीधर केसी कर्णाली प्रिमियर लिगले यस क्षेत्रको क्रिकेट विकासमा ठूलो सघाउ पुग्ने बताउनु भयो ।

Share.

About Author

Leave A Reply