सुर्खेतमा आन्तरिक राजश्व कार्यालय स्थापना।

0

असोज१७सुर्खेत।कर्णाली प्रदेसको राजधानी बीरेन्द्रनगमा आन्तरिक राजश्व कार्यालय स्थापना भएको छ।सअघि करदाता सेवा कार्यालय रहेको सुर्खेतको स्तरउन्नति गरी आन्तरिक राजश्व कार्यालय स्थानपना गरिएको हो।अर्थ मन्त्रालयका राजश्व सचिव शिशिरकुमार ढुंगानाले आज कार्यालयको उद्घाटन गर्दै करको दर भन्दा दायरा फराकिलो पारी कर संकलन कार्यलाई अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो।कार्यक्रममा नेपाल राष्टू बैंकका निर्देशक डा. रामशरण खनालले कम कमाउनेले कम र बढी कमाउनेले बढी कर तिर्नुपर्ने नीति ल्याइएको जानकारी दिनुभयो।आन्तरिक राजश्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले कर संकलन मात्र नभइ कर शिक्षा पनि कार्यालयबाट प्रभावकारी रुपमा बढाइने प्रतिवद्धता जनाउनु भयो।नेपाल उद्योग बाणिज्य महासंघका कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले निजी क्षेत्रको माग अनुसार सुर्खेतमा आन्तरिक राजश्व कार्यालय स्थापना भएकोमा खुशी प्रकट गर्दै नेपालगन्ज पुग्नुपर्ने बाध्यता हटेको बताउनु भयो।सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले कार्यालयले कर संकलन गर्ने मात्र नभइ करदाताहरुलाई खुशीका साथ कर तिर्ने वातावरण बनाउन आव्हान गर्नुभयो।कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, अडिटर्स एशोसियशनका अध्यक्ष डा. दीपबहादुर रावल लगायतले शुभकामना मन्तव्य दिनुभएको छ ।

Share.

About Author

Leave A Reply