सुर्खेतको बीरेन्द्रनगर हिउँदे तरकारीमा आत्मनिर्भर बनेको नगरपालिकाको दाबी ।

0

पुष–१८सुर्खेत।सुर्खेतको वीेन्द्रनगर नगरपालिका हिउँदे तरकारी खेतीमा आत्म निर्भर बन्दै गएको छ।बिगतमा बाहीरवाट तरकारी ल्याएर खानु पर्ने बाध्यता अहिले बेमौसमी तरकारी खेती कारण अन्त्य भएको नगर कृषि शाखाले जनाएको छ।कार्तिक मसान्त सम्मको तथ्याङक अनुसार १३ प्रतिशतले तरकारी उत्पादनमा बृद्धि भएको वीरेन्द्रनगर कृषि शाखाका संयोजक प्रेमदेव गीरीले जानकारी दिनु भयो।अहिले कृषकको वारीमा काउँली,मुला,बन्दा,टमाटर,धनीया,हरियो साग,भाँजी,सीमी लगायतका तरकारी प्रशस्त मात्रामा उत्पादन भएको उहाँले बताउँनु भयो।अहिले वीरेन्द्रनगरमा २५ प्रतिशत जमीनमा तरकारी खेतीलाई बिस्तार गरीएको छ।२ सय १३ हेक्टर क्षेत्रफलमा बेमौसमी तरकारी खेती बिस्तार भएपछी तितेकरेला बाहेक सबैमा आत्मनिर्भर भएको कृषि शाखा प्रमुख गिरीको भनाई छ ।
तरकारीको उत्पादन बढेसंगै नेपालगंज लगायतका बजारमा निर्यात हुन थालेको नगर कृषिले दाबि गरेको छ ।यो बर्ष हिउँदे आलु लगाएर पनि ५० क्विन्टल कृषकसंग संचित रहेको छ ।नगरपालिकाले प्रधानमन्त्रि कृषि आधुनीकीकरण कार्यक्रम मार्फत तरकारी लगाउँने क्षेत्रफल बढाएर २ सय ५३ हेक्टरमा पुर्याउँने योजना रहेको छ ।कृषकलाई नगरपालिकाले १ लाख ५० हजार सम्म सहयोग गर्न थालेपछी त्यतर्फ आर्कषण बढेको हो।तरकारी खेतीमा लागेका कृषकका लागी साना सिंचाई उपलब्ध गराएको र पोखरी,पम्पसेट, बिद्युतीय मोटर र बिउँबिजनमा सहयोग गर्दै आएको कार्यालयले जनाएको छ।स्वस्थ र ताजा तरकारी उपभोक्ताको भान्सा सम्म पुर्याउँनका लागी बिषादी प्रयोगमा प्रतिबन्ध लगाईएको छ।मानिसको स्वास्थ्यमा गम्भिर असर पर्ने भएकाले जैविक बिषादी अन्र्तगत बस्तुभाउँको मलमुत्र,तितेपाति र बकाईनोको रस हाल्ने गरीएको छ।यदी कसैले बिषदी प्रयोग गरेमा प्रोत्साहन र पुरस्कार जस्ता अवसर प्रदान नगर्ने नगर कृषि शाखाले बताएको छ।वीरेन्द्रनगरका वडा नंम्बर १,२,३,४,९,१० र १३ लाई तरकारी उत्पादको पकेट क्षेत्रका रुपमा बिस्तार गरीएको छ।

Share.

About Author

Leave A Reply