सुर्खेतको बीरेन्द्रनगरमा सडकबालाबालिकाको संख्या बढ्न थाल्यो।

0

पुष–२० सुर्खेत।सुर्खेतको लेकबेसी नगर कार्यपालिकाले अभिभावक गुमाएर अलपत्र परेका बालवालिकालाई मासीक पाँचसय रुपैया सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ।नगरभित्र रहेका अभिावक बिहीन वालवालिकाको तथ्याङक संकलन गरेर उनीहरुका संरक्षक मार्फत भत्तादिने निर्णय गरेको नगर कार्यपालिकाले जनाएको छ।जोखीममा रहेका बालबालिकाको सुरक्षा र उनीहरुको पढन पाउँने अधिकारको सुनिश्चितताका लागी संरक्षक मार्फत रकम उपलब्ध गराउँने निर्णय भएको नगरप्रमुख गगनसिंह सुनारले बताउँनुभयो।यसअघि सुर्खेतको गुर्भाकोट नगरपालिकाले पनि नगर भित्र रहेका १ सय ४८ जना बालबालिकालाई मासीक पाँचसय रुपैया सामाजिक सुरुक्षा भत्ता दिने निर्णय गरीसकेको छ।अहिले महिला तथा बालवालिका कार्यालयले जिल्लाका सबै स्थानीय तहका अभिभावक बिहीन वालवालिकाको तथ्याङक संकल गरीरहेको महिला तथा बालबालिका कार्यालयका बालसंरक्षण अधिकृत प्रेमप्रसाद आर्चायले बताउँनु भएकोछ।सुर्खेतको वीरेन्द्रनगरमा पछील्लो समय सडक बालबालिकाको संख्या बढ्न थालेको छ।सुरुमा ७ जना जति सडक बालबालिका रहेको भनिएपनि अहिले बढेर झण्डै २० जनाको संख्यामा रहेको पाइएको छ।उनीहरुको वीरेन्द्रनगर ६ को नेता चोक,गणेश चोक,वीरेन्द्रचोक लगायतका ठाउँमा सडक छेउमै सुत्ने गरेको पाईएको छ।केही समय पहिला उनीहरुको व्यवस्थापनका लागी पहल गरेपनि सफल हुन नसकेको बताएपनि जिम्मेवार निकायबिच उचित समन्वय नहुदा उनीहरुको व्यवस्थापनमा ढीलाई भएको पाईएको छ।यता महिला तथा बालवालिका कार्यालय सुर्खेतले अहिले अभिभावक बिहीन वालबालिकाको तथ्याङक संकलन सुरु गरेको जनाएको छ।उनीहरुको व्यवस्थापन देखी जीवन रक्षा र पढने लेख्ने अधिकार दिलाउँन सहयोग पुर्याउँने उदेश्यले तथ्याङक संकलन सुरु गरेको हो।

Share.

About Author

Leave A Reply