सुर्खेतको बीरेन्द्रनगरमा बुद्द एयरको ४७ सिटे जहाजको परीक्षण उडान।

0

चैत २२ सुर्खेत-कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट, सुर्खेत-काठमान्डौ सिधा हवार्इ सेवा संचालनको तयारी भर्इरेहको बेला बुद्घ एयरले सफल परिक्षण गरेको छ।

वुद्ध एयरको ४७ सिटे 9N-AIN कल साइनको विमानले सुर्खेत विमानस्थलमा सफल परीक्षण गरेको हो।

नेपालगंजबाट १५ मिनेटमा सुर्खेत बिमानस्थल आर्इपुगेको बिमानले १५ मिनेट सुर्खेत उपत्यकाका विभिन्न ठाँउको अवलोकन समेत गरेको छ।

परीक्षणमा उडानका क्रममा विमानमा दुई क्याप्टेनसहित प्राविधिक तथा विज्ञसहितको टोली सुर्खेत आएको हो।

चालक दलका टोलीलार्इ स्वागतगर्न कर्णाली प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला मन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावललगायत सुर्खेतका उधोगी व्यबसायी विमानस्थल पुगेका थिए।

अव बुद्ध एयरले बैशाख १ गतेदेखि नियमित उडान भर्ने नागरिक उड्डयन प्राधिकरण सुर्खेतले जनाएको छ।

क्याप्टेन नञ्जनकुमार शर्माले सुर्खेत विमानस्थलमा ४७ सिटसम्मको विमान अवतरणमा कुनै समस्या नरहेको भन्दै अब यसको रिपोट हर्ने काम बाँकी रहेको बताउनुभयो।

बुद्घएयरका फलार्इट इन्जिनियर उदयकुमार क्षेष्ठले सुर्खेत उपत्यकामा केही अग्ला पहाडका डाँडाले अबतरणमा समस्या गरेको भन्दै अहिले विमानस्थलार्इ विस्तार गर्न सके ७४ सिटे बिमान पनि आउन सक्ने बताउनुभयो।

उहाँले आजको परिक्षणले सिग्ल इन्जिनबाट पनी सफल उडान भरिएको भन्दै यसमा कुनै समस्या नरहेको बताउनुभयो।

सुर्खेतबाट सिधा काठमाडौं सेवासंचालन भएसंगै अब नेपागलञ्ज धाउनु पर्ने बाध्यताको अन्त्य हुने छ।

अहिले यसक्षेत्रका नागरिक हवार्इ उडानको लागी प्रदेश नम्बर ५ को बाँकेबाट काठमान्डौ जाने आउने गर्दै अएका छन।

४७ सिटको विमानले उडान भरेसंगै सुर्खेतबाट काठमाडौंको भाडादर ६ देखी ७ हजार हाराहारीमा हुन सक्ने वुद्ध एयरका निर्देशक खगेन्द्र बस्नेतले बताउनुभयो।

 

 

Share.

About Author

Leave A Reply