सुर्खेतको बीरेन्द्रनगरमा प्रदेस स्तरिय भलिबल रेफ्री तालिमआज देखि सुरु

0

नबराज रेग्मी
सुर्खेत असोज २,
सुर्खेतको बीरेन्द्रनगरमा पहिलो पटक प्रदेसस्तरिय भलिबल रेफ्री तालिम आजदेखी सुरु हुने भएको छ ।स्वास्थ्यकालागि खेलकुद राष्ट्रकालागि खेलकुद भन्ने नाराका साथ भलिबलका खेलाडिको क्षमता वृद्धिका कर्णालीको राजधानी वीरेन्द्रनगरमा भोलीदेखि ५ दिने रेफ्रि तालीम सुरु हुन लागेको हो ।तालीमको आयोजक जिल्ला भलिबल संघ सुर्खेतले कर्णाली प्रदेसका साथै ५ र ७ नम्बर प्रदेसका साथै तीन वटा विभागिय समेत गरी ६० जना भन्दा बढीको सहभागी हुने जनाएको छ।पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्रकुमार गिरीले तालीमले भलिबल खेल प्रति आकर्षण बढाउन महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो।तालीमको कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनालले आज उद्धघाटन गर्ने कार्यक्रम छ।

Share.

About Author

Leave A Reply