सुर्खेतको बीरेन्द्रनगरमा खानेपानीको समस्या।

0

वैशाख -२४ सुर्खेत।गर्मी बढेसँगै सुर्खेतको बीरेन्द्रनगरमा खानेपानीको अभाव हुन थालेको छ।खानेपानीका मुहानहरु सुक्न थालेपछि सुर्खेतको बीरेन्द्रनगरमा खानेपानीको अभाव हुन थालेको हो।पानीको अभाव भएसंगै सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले अहिले ४८ घण्टे तालिका अनुसार पानी वितरण गर्न थालेको छ।मुहानबाट ४० प्रतिशत भन्दाकम पानीको आपूर्ति घटेपछि संस्थाले ४८ घण्टे तालिका अनुसार पानी वितरण गर्न लागेको हो।यो संगै वीरेन्द्रनगरका सबै स्किममा ४८ घण्टामा एक पटक मात्रै पानी वितरण थालिएको संस्थाले जनाएको छ।बीरेन्द्रनगर बासीलार्इ दैनिक १ करोड ५५ लाख लिटर दैनिक पानीको आबश्यकता परेपनि खडेरीको समयमा ८६ लाख लिटर मात्र दैनिक पानीको आपुर्ती भर्इरेहको प्रमुख डम्मर गौतमले जानकारी दिनुभयो।उहाँले अहिले दैनिक ६९ लाख लिटर खानेपानी अभावहुदै आएको बताउनुभयो।हरेक वर्ष गर्मीयाममा सुर्खेत उपत्यकावासीले खानेपानीको समस्या झेल्दै आएका छन।संस्थाले हाल वीरेन्द्रनगरका १७ हजार घरधुरीलाई खानेपानी उपलब्ध गराउदै आएको छ।

Share.

About Author

Leave A Reply